भारतमा नेपालीवाटै लुटिन्छन् नेपाली ः

नेत्र शाही जुम्ला, 
जुम्ला तिला गाउँपालिका ४ कुडारी गाउँका ५२ बर्षिय राजबहादुर सिंह भारतको टिहिरा जिल्लाको चम्वा भन्ने ठाउँमा ८ महिना अघि मजदुरी गर्दै आउनु भएको थियो । सो बजारको दिमिल गल्लीमा ज्यालादारीमा काम गर्दै आएका सिंह घर फर्केने क्रममा लुटिनु भएको छ ।
जेठ १९ गते दिउसो ३ बजे तिहरी जिल्लाको ऋषिकेस बसपार्कमा नेपाल आउने क्रममा अपरिचत दुई जना नेपाली सँग भेट भयो र वेलुकी ७ बजे पछि खाना खाउ भनेपछि चुरोट, कोक खुवाए अनि अझै पर लिएर मुखमा बिषाधी ग्यास प्रहार गरी वेहोस बनाएर लुटेका र खोलामा फालिदिएका रहेछन्, भारतमा दाजुको खोजीमा गएका पिडितका राजवहादुरका भाई शुर बहादर सिंहले बताउनुभयो ।
सिंहले ८ महिना सम्म कमाएको करिब एक लाख पचाँस हजार भारतीय रुपैया लुटेर भागेका र दाजुलाई मर्यो भनेर खोलामा फालिदिएका रहेछ्न् ५२ घण्टा पछि होसमा आएपछि बामे सर्दै बसपार्कमा पुग्नुभएको थियो ।
जेठ २१ गते होसमा आएपछि विरामी अवस्थाका सिहंहलाई नेपाली चालकले चिया खुवाएर उहाँ काम गर्ने स्थानमा उद्धार गरि पुराएका थिए । यसरी दाजु राजवहादुरले पुर्नजीवन पाउनुभएको टेलिफोनमा भावुक हुदै भाई शुरबहादुर सिंहले जानकारी दिनुभयो ।
जेठ १९ गते घर फर्किने भन्दै तिहारी जिल्लाको ऋषिकेसमा गाडी कुरिरहेको अवस्थामा नास्ता खाने भन्दै गएका राजवहादुर सिहं फर्किएका थिएनन् । उनि सँगैका साथी नेपाल पुगिसकेपछि उहाँ हराएको थाहा भएको थियो ।
अहिले दाजुको खोजीमा सो स्थानमा गएका ३ भाई सँग राजवहादुर सिहंको भेट भएको छ । उहाँको अनुहारमा निलो घाउहरु रहेको, कान च्यातिएका र शरिर भरी निलडाम रहेको अर्का भाई जितबहादुर सिंहले बताउनुभयो । अहिले त्यहाँको प्रहरीमा आवश्यक अनुसन्धान र दोषी पत्ता लगाई कारवाहीका लागि निवेदन दर्ता गर्ने तयारी भएको उहाँको भनाई छ । यसैगरी घटनास्थलमा अहिले घटनाको कारण वुझ्न गईरहेका छौ ।
खाना खाने क्रममा दुई जना नेपाली भेटिएका र पछि चुरोट, कोकोकलामा पनि बिष हालेका रहेछन् आफुलाई थाहा भएन पिडित राजवहादुर सिंहले रुदै टेलिफोनमा भन्नुभयो, जेठ १९ गते वेलुकी ७ बजे मलाई खोलामा फालेका रहेछन् । जेठ २१ गते होसमा आए उहाँले भन्नुभयो । यस अघि कालिकोट शुभ गाउँपालिकाका एकजना पनि अहिले सम्म वेपत्ता नै छन् । ऋषिकेस क्षेत्रमा काम गर्ने धेरै नेपाली छन्, एकले अर्काको ज्यान दिने काम बढिरहेको छ उहाँले भन्नुभयो ।










