मुख्य मन्त्रीको कार्या लय भन्छ ः मुख्यमन्त्रीको चरित्रहत्या गर्न प्रायोजित समाचारको सहारा ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई वेलावखत भ्रष्ट्राचारिको आरोप लाग्छ । पछिल्लो बेला रारा कर्णाली पर्यटन वर्ष उद्घाटन कार्यक्रममा ७८ लाख भ्रष्टाचार गरेको भनि सामाजिक संजालमा एकप्रकारको बहस चलाएको छ । मुख्यमन्त्रीले आफुले गरेको भ्रष्ट्राचार लुकाउन भ्रष्ट्राचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई गिरफतार गराएको आरोप समेत लगाएको मुख्य मन्त्रीको जिजी सचिवालयले बताएको छ ।
आखिर वास्तविकता के हो त ? मुख्यमन्त्रीको भ्रष्ट्राचार विरुद्धको प्रतिवद्धता के छ ? किन मुख्यमन्त्रीमाथि भ्रष्ट्राचारको आरोप लगाईन्छ ? सर्वसाधारणमा जिज्ञासा पैदा हुनु स्वभाविकै छ । मुख्यमन्त्रीलाई लागेका आरोपका सन्दर्भमा हामीले केही तथ्य केलाउन खोजेका छौं ।

मुख्य मन्त्री कार्यालय लेख्छ ः सुशासन कायम गर्न के गरे मुख्यमन्त्रीले ?
भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गरेका शाहीले मुख्यमन्त्रीमा बहाल भएदेखि नै आफनो सचिवालय, मन्त्रालय र मातहतका निकायको प्रशासनिक खर्च कम गर्न पहल गरिएको दावी छ।
्मुख्यमन्त्री तथा मन्त्रिपरिषदका पदाधिकारी, प्रदेश सभाका पदाधिकारी तथा स्थानीय तहका पदाधिकारीको सेवा सुविधालाई कर्णालीको प्रदेशको आर्थिक अवस्था अनुकुलको बनाउन अधिकतम् प्रयास गरिएको उल्लेख छ । चौतर्फी विरोधका वावजुद पनि मुख्यमन्त्री शाहीले केन्द्रवाट प्रस्तावित मस्यौदा उल्लेखित अंक भन्दा घटाएर सेवा सुविधा सम्वन्धि विधेयक संसदमा पेश गरि पारित गराएको समेत उल्लेख छ ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सुशासन कायम गर्ने उद्धेश्यले शुरु आफैबाट गर्नुपर्छ भन्ने ध्येय राखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद सदस्यहरुको खर्चविवरण वेवसाईटवाट सार्वजनिक गर्ने व्यवस्था समेत मिलाएको उल्लेख छ । त्यसैगरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री हटलाईन सेवाको सञ्चालन गराएर सुशासन कायम गर्ने, जनताका गुणासालाई प्रत्यक्ष सम्वोधन गर्ने प्रयास मुख्यमन्त्री शाहीवाट भैरहेको छ भनी प्रशंसा गरिएको छ ।
उनी सरकारका हरेक निकायलाई कर्णालीका जनताको चित्र अगाडि राखेर काम गर्न निर्देशन गरिरहन्छन । मुख्यमन्त्री स्वयंले भ्रष्ट्राचार विरुद्ध सार्वजनिक प्रतिवद्धता दोहोरयाउदै समेत आईरहेका छन ।

रारा काण्ड के हो ?
गत वर्ष वैशाख १ गते प्रधामन्त्री केपी शर्मा ओलीलाई रारातालमा बोलाएर रारा कर्णाली पर्यटन वर्ष–२०७५को उद्घाटन गरिएको समरण गराउदै सिंगो मुलुक र कार्यकारी प्रमुखको ध्यान कर्णालीमा तानेर विकास र समृद्धिको यात्रालाई सहज गराउने उद्धेश्य प्रदेश सरकारको भएको कार्यालयको दावी छ
प्रदेशको आर्थिक अवस्थालाई ख्याल गरेर पर्यटन वर्ष उद्घाटनका लागि पनि थोरै भन्दा थोरै खर्च गर्ने उद्धेश्य सरकारको थियो । त्यही भएर नै सरकारले खर्चको अनुमान तथा विनियोजन थोरै गर्यो । तर पर्यटन वर्षको उद्घाटन, राराको छेउमा प्रदेश सरकारको पहिलो कार्यक्रम भएर पनि स्वभाविक रुपमा कार्यक्रमको व्यवस्थापन र सहभागिता भव्य भयो ।
कार्यक्रमको खर्च पनि पुर्वानुमान भन्दा वढेर गयो । कार्यक्रम व्यवस्थापन, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, स्थानीय देखि केन्द्रसम्मका पत्रकार, राजनीतिक दलका नेता, सुरक्षाकर्मी लगायतको आवास, खाना तथा यातायातको व्यवस्थापन, प्रधानमन्त्री र उनको टोलीको स्वागत सत्कार तथा खानाको व्यवस्थापन लगायतले गर्दा सरकारले गरेको पुर्व अनुमान भन्दा खर्च वढेको देखिन्छ । पर्यटन वर्ष उदघाटनको जम्मा खर्च ७८ लाख पुगेको छ भनी विज्ञप्तिमा उल्लेख छ ।
यसमा पनि मुख्यमन्त्रीले मात्रै ७८ लाख खाए भने जसरी प्रचार गरिएको छ । मुख्यमन्त्री कार्यालयको भुमिका नीति निर्माण र अनुगमणको हुन्छ । कुनै पनि कार्यक्रम कार्यान्वयन तथा खर्च भुक्तानी मुख्यमन्त्री कार्यालयवाट हुदैन । रारा पर्यटन वर्षको खर्च तथा भुक्तानी पनि सम्वन्धित मन्त्रालयवाट भएको र यसमा मुख्यमन्त्री तथा मुख्यमन्त्रीको सचिवालयको कुनै पनि हात नरहेको प्रमुख स्वकीय सचिव खेमवहादुर सिंह बताउछन ।

किन लाग्छ आरोप मुख्यमन्त्रीलाई ?
प्रष्ट र सिधा वोल्ने, कानुनले गर्न नमिल्ने काममा दवाव नदिने, हक्की स्वभावका मुख्यमन्त्री शाहीसंग स्वार्थका गुण्टा वोकेर विभिन्न समुह आईरहन्छन कार्यालयले भन्यो । कहिले यो गर्न आवश्यक छ, कहिले त्यो गर्न आवश्यक छ, कहिले यसो गर्दा राम्रो हुन्छ भनेर मुख्यमन्त्रीलाई फेवरमा लिन खोज्नेहरुको उद्धेश्य मुख्यमन्त्रीवाट पुरा गराउनु फलामको च्युरा चपाउनु जस्तै हुनेगर्छ ।
स्वार्थ पुरा नहुँदा तिनै समुहहरुले मुख्यमन्त्रीको चरित्रहत्या गर्न प्रायोजित समाचारको सहारा लिने गरेको उनका स्वकीय सचिव खेमवहादुर सिंह बताउछन । मुख्यमन्त्रीको नजिक रहेर वा मुख्मन्त्रीको संरक्षण लिएर व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्ने समुहले आफनो स्वार्थ पुरा नहुँदा अन्ततः मुख्यमन्त्रीको चरित्रहत्या गर्ने, भ्रष्ट्राचारिको आरोप लगाउने गरेको सिंहको वुझाई छ ।
लडाकु कमाण्डरको विराशत वोकेर युवा अवस्थामै राजनीतिमा महत्वपुर्ण सफलता हाँशील गरेका शाहीको राजनीतिक लक्ष्य महत्वकाँक्षी देखिन्छ । मुख्यमन्त्री शाही स्वार्थी समुहको घेरामा फसेर आफनो उज्यालो राजनीतिक भविश्य चौपट पार्न चाहदैनन । उनको राजनीतिक भविश्यको उचाई आँकलन गर्दै डाहा गरिरहेको समुह पनि उनका विरुद्ध भ्रमको खेति गर्न, विवादित गराउन र असफल वनाउन सक्रिय देखिन्छ । यिनै स्वार्थहरुको परिणाम मसला सहित मिडियामा आएका भ्रष्ट्राचारी, गफाडी र असक्षम जस्ता विशेषणले भरिएका समाचार पढ्न मुख्यमन्त्री वाध्य हुनुपरेको छ भनि विज्ञप्तिमा उल्लेख छ ।




सम्बन्धित समाचार


error: Content is protected !!