धनको लोभले गयो आठ जनाको अकालमा ज्यान

सुकमाया थापा
डोल्पा ः धन कमाएर परिवारलाई खुसी बनाउने र छोरा, छोरीका समस्य टार्ने भन्दै डोल्पाका पाटनमा गएका ८ जना संकलकको मृत्यु भएको छ । मृत्यु भएका मध्य अधिकांशको लेख लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।
मृत्यु हुँनेमा जाजरकोट , रुकुम , जुम्ला र डोल्पाका रहेका छन् । यार्सा संकलनका लागि जाँदै गर्दा जुम्ला पतारासी गाउपालिका – ६ का १७ बर्षिय गोपाल विष्टको शेफोक्सुन्डो गाउँपालिकाको लामा डाडा लेकमा लेक लागेर मृत्यु भयो । यस्तै जुम्ला गोठीचौर गाउँपालिका –४ का ४४ बर्षीय जयकृण पाण्डे जेठ १० मा कागमारा स्थित लेकमा भिर बाट लडेर मृत्यु भएको थियो ।
डोल्पा ठुलीभेरी नगरपालिका – ११ बर्ष ३८ की बुद्धीकुमारी कार्की जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो । त्यस्तै शेफोक्सुन्डो गाउपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका – ६ २२ बर्षिया रमेश चलाउनेको जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो भने जाजरकाटकै बारेकोट गाउपालिका – १ का १८ बर्षका कृष्ण बिकको यहि जेष्ठ १८ गते लेक लागेर निधन भएको थियो । त्यस्तै रुकुम पश्चिम आठविसकोट नगरपालिका – ९ का ३९ बर्षीय कृष्णबहादुर शाहीको डोल्पो बुद्ध गाउपालिकाको ताक्सी लेकमा जेठ २० मा लेक लागेर निधन भएको थियो ।
जेठ १९मा ग्यालवारा पाटनमा डोल्पा ठुलीभेरी नगरपालिका – ५ की ४० बर्षिया धनकला बुढाको मृत्यु भएको थियो । यस्तै यहि जेठ २० गते काईके गाउपालिका को व्यास रिखिमा कान्छी विकको नवजात शिशु चिसोको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के कति विरामी छन् र कहाँ के भईरहेको थाहा हुँन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । सदरमुकाम दुनै भन्दा कयौन टाढा रहेका उच्च हिमालमा यार्सा संकलन हुँने भएकाले खवर आदानप्रदान गर्न समस्य भएको हो ।

यार्सा संकलनकत्र्ताको स्वास्थ्यलाई ध्यान दिएर ९ ठाउँमा स्वास्थ्य शिविर राखिएको भएपनि मृत्यु हुँनेको संङख्य बढीरहेको छ । आधा दर्जन बढी घाईते र विरामी भएर उपचार भईरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्वा संकलनको काम भईरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!