डोल्पामा पाउरोटी उद्योग

डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कोट बजारमा पाउरोटी उद्योग स्थापना भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका १ का भक्तसिंह कठायतले कोट बजारमा पाउरोटी उद्योग स्थापना गरेका हुन। चार लाखको लगानीमा पाउरोटी उद्योग स्थापना गरिएको कठायतले बताए।

भारतको लखनऊबाट दुई वटा मेसिन ल्याएर पाउरोटी उत्पादन गर्दै आएको कठायतको भनाइ छ। पाउरोटीको विक्रीवितरणबाट दैनिक रुपमा ५ हजार बराबरको खुद नाफा हुने गरेको कठायतको भनाइ छ। यद्यपी, विद्युतको भरपर्दो व्यवस्था नहुँदा सोलारबाट विद्युतको व्यवस्था गरी पाउरोटी पकाउने गरिएकोले समस्या पर्ने गरेको छ।





error: Content is protected !!