आगलागी रोक्न मन्त्री आफै पुगे

जाजरकोट ः अज्ञात समुहले लगाएको आगो नियन्त्रणमा लिन वन तथा वातारण मन्त्री शक्तिबहादुर बस्नेत आफै आगो नियन्त्रणमा लागेका छन् ।
सुरक्षाकर्मी ,वन रक्षक र प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगायतको टोली आगलागी नियन्त्रण गर्न जुटेको हो । सदरमुकाम स्थित गैरीखालीबाट अज्ञात समुहले लगाएको आगो नियन्त्रणमा लिन जिल्लाको सवै जनशक्ति परिचालन गरिएको छ । वन मन्त्री बस्नेत गृह जिल्ला जाजरकोट आएकै समयमा आगलागी हुँदा सयौँ रुख तथा चराचुरुगी नष्ट भएका छन् ।
आगलागीको पुर्व तयारी नहुँदा आगो नियन्त्रणमा लिन समस्य भएको छ । भिरालो र अपठ्यारो भुभाग भएका कारण आलगाली नियन्त्रणमा लिन समस्य भएको हो । गर्मीयाम बढेसँगै जाजरकोटमा हावाहुरी बढी चल्ने भएकाले आगो नियन्त्रणमा लिन नसकिएको हो । पानीको स्रोत टाढा हुदा थप समस्य भएको हो ।
आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र कर्मचारीले मात्र काम गर्नुपर्छ भन्ने मान्यता बाट निर्देशित हुँदा थप समस्य भएको सरोकारवालाको भनाई छ ।










