डोल्पाका इञ्चार्ज जाजरकोटमा पक्राउ

जाजरकोट , २७ चैत (रासस) ः नेत्रविक्रम चन्द ( विप्लव) नेतृत्वका नेकपाका डोल्पा इञ्चार्ज बीरबहादुर खड्का जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् । आज जाजरकोट प्रहरीले सदरमुकामबाट पक्राउ परेको स्रोतले बताएको छ । अहिले पक्राउ परेको खड्कालाइ जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान जारी रहेको स्रोतले बताएको छ ।










