औषधीका रुपमा तातोपानी

सुकमाया थापा
२७ , चैत डोल्पा ः यहाँको तातोपानी कुण्डमा नुहाएमा रोगहरु निको हुन्छ भन्ने विश्वासका कारण दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ । ठुलीभेरी नगरपालिका– ९ स्थित रुपगाड खोलाको किनारमा रहेको उक्त तातोपानी कुण्डमा दैनिक जाजरकोट, रुकुम र डोल्पाका स्थानीयबासीको ठुलो भीड लाग्ने गरेको छ ।
हिउँद्याममा बढी तातोपानी नुहाउन आउनेको संङ्ख्य बढी हुँने गरेको छ । डोल्पा सदरमुकाम दुनैबाट ६ किलोमिटरको दुरीमा रहेको उक्त रुपगाड तातोपानीमा अहिले नुहाउन आउनेको भारी भीड लागेपनि बसाइ व्यवस्थापन राम्रो नहुँदा समस्य भएको तिर्थालुको भनाई रहेको छ । तातोपानीको मुहान नजिक त्रिपाल टाँगेर वा आसपासको ओडारमा दुई÷तीन दिनसम्म बसेर नुहाउने गरिदै आएको छ । दैनिक एकसय भन्दा धेरैले कुण्डमा नुहाउने गरेको ठुलीभेरी नगरपालिका – ९ का दानबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाडजोर्नीसम्बन्धी समस्या भएकाले यस कुण्डमा नुहाए निको हुने जनविश्वास रहेकाले टाढा–टाढाबाट नुहाउन आउने गरेका छन्, ” ।
बर्षेनी तातोपानीमा नुहाउने संङ्ख्य बढ्न थालेपछि कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको करिव १७ लाख रुपैयाँ विनियोजन गरेर रुपगाड तातोपानी कुण्डलाई व्यवस्थित गराउन लागिएको छ । दुई वटा कुण्ड , दुई कोठाको शौचालयका साथै रुपगाड खोलामा पुल निर्माण तथा बाटो मर्मत काम भइरहेको छ । अहिले निर्माण हुँन लागेका संरचनाले मात्र यहाँको सवै क्रियाकपाल गर्न सहज नहुँने तीर्थालुको भनाई छ ।
मुहान संरक्षण र जाने बाटो सहज नहुँदा सवैको पहुँचमा तातोपानी कुण्ड नभएको तीर्थालुको भनाई छ । यता विज्ञहरुको भनाई अनुसार तातोपानी नुहाउनु सवैका लागि उपयूक्त नभएको बताएको छ । तातोपानी कस्तो खालका विरामीले नुहाउने हो भन्ने कुरा अनुसन्धान हुनुपर्ने बताइदै आएको छ । विरामीलाई लागेको रोगलाई नै सघाउ पुर्याउने खालको जिवाणु पानीमा भएमा थप समस्य आउने जानकारीहरु बताउँछन् ।
एकै पटक धेरै जनाले एउटै पानीमा नुहाउदा अन्य रोगको संक्रमण हुँन सक्ने चिकित्सकहरुको सुझाव छ । टाउँको देखि माथीको भाग तातोपानीमा नुहाउदा दिमागमा असर पर्ने भएकाले त्यो तर्फ सचेत रहनुपर्नेमा चिकित्सकहरु जोड दिन्छन् । कसले तातोपानीमा नुहाउने , कसले ननुहाउने भन्नेमा एकिन नहुँदा नाफा र घाटा दुवै भएको बताइन्छ ।










