जीप दुर्घटना हुँदा एकको मृत्यु , ६ घाइते

जाजरकोट, २६ चैत (रासस) ः जाजरकोट – डोल्पा सडक खण्ड अन्तरर्गत नलगाड नगरपालिका – ९ दारिमपाटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन् । तल्लु बगरबाट दल्ली तर्फ आइरहेको ग १ ज ५८१२ नम्वरको जीप दुर्घटना हुँदा भेरी नदीमा खसेको थियो । करिव ३० देखि ४० मिटर तल भेरी नदीमा जीप खस्दा रुकुम आठविसका नगरपालिका– ११ का ४ बर्षीय बिवेक नेपालीको मृत्यु भएको छ भने उनको २३ बर्षीया आमा लक्ष्मी नेपाली घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइतेहरुमा जाजरकोट नलगाड नगरपालिका – ९ का २२ वर्षीय राजेन्द्र विक गम्भीर घाइते भएका छन् ।
अन्य घाइतेहरुमा नलगाड नपा –१० का तेज बहादुर बिक, नलगाड नपा– १ का ११ बर्षीय भरत परियार , नलगाड नपा – ११ का १७ बर्षीय दुर्गेश बानिय, नलगाड नपा – ११ का १६ बर्षीया खीमा बानिय रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । दल्ली स्वास्थ्थ्य चौकीमा उपचार हुँन नसके पछि थप उपचार गर्न जाजरकोट अस्पतालमा ल्याइएको जाजरकोट प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।











