वन संरक्षणका लागि आगलागी मुख्य बाधक

सुकमाया थापा 
डोल्पा ः हिउदयाम लागेसँगै हिमाली जिल्ला डोल्पामा डढेलो लाग्ने समस्य हल गर्न यहाँका सरोकारवाला निकाय सँग छलफल गरिएको छ ।
शे फोक्शुण्डो राष्ट्रिय निकुञ्ज सुलिगार्ड डोल्पाले सम्भावित हुँन सक्ने बिभिन्न घटना र डढेलो नियन्त्रणका साथै वन संरक्षणका लागि सरोकारवाला निकाय सँग छलफल गरेको हो । कार्यक्रममा सेना सेना, नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय ,नागरिक समाज सँगको समन्वय तथा सहकार्यमा छलफल गरेको छ ।
चैत बैशाखको महिनामा आगलागीका घटना बढ्ने भएकोले राष्ट्रिय वन सँग सम्बन्धित अधिकारी र सामुदायिक वन उपभोक्ता समुह सँग व्यापक छलफल गरी नियन्त्रण र नियमणका विषयमा अन्तरक्रिया गरिएको छ । निकुन्ज क्षेत्र , राष्ट्रिय वन र उपभोक्ता समुह यो समयमा चनाखो भएर काममा लाग्नुपर्ने कुरामा जोड दिइएको छ ।
यो वर्ष भारी मात्रामा हिमपात भएका कारण आगलागीको घटना कम हुँन सक्ने सरोकारवाला निकायको दावी छ । कार्यक्रममा प्रचलित कानुन र नयाँ बन ऐनबारे सवैले थाहा पाउनुपर्ने कुरामा शे फोक्शुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाड सहायक संरक्षण अधिकृत प्रमोद कुमार यादव भन्नुभयो ।
आगलागीबाट हुँने क्षेतीका विषयमा जानकारी हुँदा हुँदै पनि सोही काम गरिरहेको भन्दै वनदेवि सामुदायिक वन उपभोक्त्ता समितिका अध्यक्ष नेत्र बहादुर बुढा भन्नुभयो । कार्यक्रममा सहभागीले घाँस पलाउँछन भन्ने गलत मान्यताका कारण वर्षेनी जंगलमा आगा लगाउने गरेको बताएका छन् । थाहा , पाँउदा , पाउँदै आगो लउनेलाइ मुलुकी ऐन २०२० फौजदारी अभियोगको रुपमा लिने गरेको छ ।
त्यस्तै वन ऐन २०४९ ले वनमा आगो लगाउन बन्देज लगाइ कानुनी अपराधको रुपमा लिइ कैद सजाय र दण्ड जरीवानाको प्रावधान सहित रु १० हजार र १ वर्ष कैद वा दुवै हुँन सक्ने व्यवस्था रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा आगो लगाउने कार्यलाइ गलत भइ विगो खुलेमा विगोको दोब्बर र १ वर्ष कैद र विगो नखुलेमा रु २० हजार सम्म परीवाना वा १ वर्ष बैद दुबै सजाय हुने कानुनि प्रावधान रहेको डिभिजन वन का साहेक अधिकृत नरबहादुर क्षत्रीले बताए ।










