शैक्षिक सत्र सुरु भएको डेढ महिना सम्म पाठ्यपुस्तक पुगेन

मेनुका बुढा 
डोल्पा ः शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दा सम्म डोल्पाको जगदुला गाउँपालिकामा आझै पाठ्यपुस्तक पुग्न सकेको छैन् । पाठ्यपुस्तकको अभावमा यहाँका सयौँ विद्यार्थीहरु रितो हात विद्यालय जाँन बाध्य भएका छन् ।
भारी मात्रामा परेका हिमपातका कारण समयमै पाठ्यपुस्तक ढुवानी गर्न नसक्दा यहाँका विद्यार्थीहरुले बिताव नपाएका हुँन् । हप्ता दिन भित्र विद्यालयमा पाठ्यपुस्तक पुर्याउने बिक्रेताले बताएको त्यहाँबाट मायलाल रोकायले बताउनुभयो । पाठ्यपुस्तक खरिदको रकम स्थानीय तहमा आएका कारण पाठ्यपुस्तकको रकम स्थानीय तहले नै भुक्तानी गर्ने छ ।










