गर्भमै बच्चा मृत्यू भएकी खरकर्लीको ज्यान बच्यो

जाजरकोट , प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा मंगलबार एक सुत्केरीको ज्यान बचेको छ । गर्भमै बच्चाको मृत्यू भएपनि आमाको ज्यान भने स्वास्थ्यको लामो प्रयास पछि बचेको छ ।

बारेकोट गाउँपालिका–६ कार्कीगाउँकी ३० बर्षिय खरकली कार्कीलाई भ्याकुम डेलीभेरी गराएर स्वास्थ्यकर्मीले जोगाउन सफल भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत अनमी कल्पना रोकाय (घर्ती) ले जानकारी दिनुभयो । खरकली कार्कीलाई भ्याकुम डेलीभेरी गराउनेमा अनमी बिष्णु थापा लगाएतका स्वास्थ्यकर्मीहरुको टीम सहभागि भएको अनमी रोकाय घर्तीको भनाई रहेको छ ।

सुत्केरी व्यथा लागेको लामो समय पछि कार्कीलाई स्वास्थ्य चौकी नायकबाडामा लगिएको थियो । उक्त स्वास्थ्य चौकीमा डेलीभेरी गराउने उपकरणहरु नभएपछि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा सिफारिस गरिएको थियो । घरमा दुई वटा बच्चा भएकि खरकलीको भ्याकुम डेलीभेरी हुदा मृत अबस्थामा जन्मिएको बच्चा तेस्रो सन्तान हो ।

स्वास्थ्यकर्मीहरुले दिएको जानकारी अनुसार भ्याकुम डेलीभेरी भएकि खरकली कार्कीको स्वास्थ्य अबस्थामा सुधार आईरहेको जनाईएको छ । उनको थप उपचार लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमै भईरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!