बाढीले बगाएको झुम्राखोला पुल सात महिना पछि निर्माण

जाजरकोट ,  ः गत साउन २९ गते आएको बाढीले बगाएको नलगाड नगरपालिका–२ र ५ जोड्ने झुम्राखोला ट्रष्टबृज पुर्ननिर्माण भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ट्रष्टवृज निर्माण गरिएको हो ।
रु १२ लाख नलगाड नगरपालिकाको आर्थिक सहयोग र रु ७१ हजार स्थानीयको श्रमदानबाट सो ट्रष्टवृज पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जयकुमारी खत्रीले बताउनुभयो । बाढीले बगाउनु भन्दा पहिला २४ मिटर लम्बाई रहेको उक्त ट्रष्टवृज पुर्णनिर्माण पछि २८ मिटर लम्बाई पुगेको छ नगरपालिकाले जनाएको छ ।
गत साउन २८, २९ र ३० गते निरन्तर रुपमा आएको बाढीले मिल, घट्ट, जघु जलविद्युत आयोजनाका उतपादन गृह, ट्रष्टवृज, घर, खेतीयोग्य जमिन, पशुचौपाय गरि झण्डै तीन करोड भन्दा बढीको क्षेती भएको थियो । उक्त बाढीले झुम्राखोलामा भएको ट्रष्टवृज बगाएपछि नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका सबै नागरिकलाई जिल्ला सदरमुकाम खलंगा आवात–जावत गर्न कठिनाई भएको थियो भने, पश्चिम रुकुमको आठबीसकोट नगरपालिका र डोल्पाबासीको आवागमनमा कठिनाई भएको थियो । विदालय जाने बालबालिकाहरुलाई दैनिक विद्यालय जान आउनलाई कठिनाई भएको थियो ।
बाढी आए लगतै तत्कालिन आवागमन संचालन गर्नका लागि नलगाड नगरपालिकाले काठको लाप्को हालेको थियो भने, सदाबहार आवागमनका लागि यतिवेला नलगाड नगरपालिकाले उपभोक्ता समिति मार्फत ट्रष्टवृज निर्माण गरिएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!