छोरा पुर्याएर फर्कर्दै गर्दा लडेर घाइते रोकायको उपचार नपाँउदा मृत्यू

जाजरकोट ,माध्यमिक शिक्षा परीक्षा सक्ला परीक्षा केन्द्रमा परीक्षा दिदै गरेका छोराको व्यवस्थापन गरेर फर्कने क्रम्मा बारेकोट गाउँपालिका – २ रोकायगाउँका ४५ वर्षीय मनबहादुर रोकायको लडेर मुत्यू भएको छ ।
सोमबार वेलुका घर फर्कने क्रमम लिम्साको दोमिल्ला स्थित बाटोबाट खसेर घाइते भएका रोकायको उपचार नहुँदा मंगलबार दिउँसो मृत्यू भएको बीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिनुभयो । मृतक रोकायका छोरा टकबहादुर रोकाय सक्ला परीक्षा केन्द्रमा र छोरी ललिमाया रोकाय सदरमुकाम स्थित त्रिभुव माविमा परीक्षा दिदैछन् ।










