मासुको मुल्य एकरुपता बनाउन पहल सुरु

जाजरकोट , जाजरकोटमा बिक्री हुँदै आएको मासुको मुल्य निर्धारण गरिएको छ । कोही पनि उपभोक्ता ठगिनु नपरोस भनेर मासुको मुल्य निर्धारण गरिएको पहाडी क्षेत्र विकास अभियान (पहल कार्यक्रमका) पशुप्रविधिक ललितराज गिरीले जानकारी दिनुभयो ।

जाजरकोटका सरोकारवाला निकाय र मासु व्यवसाय बीच भएको छलफल बाट मुल्य निर्धारण गरिएको गिरीले जानकारी दिनुभयो । निर्धारण गरिएको मुल्य अनुसार जिउँदो खसी , बोकाको मासु प्रतिकेजी रु ३३५ , काटीसकेपछि मासु मात्र प्रतिकेजी रु ७ सय , मासु लगाएत सवै मिसिएको रु ६ सय , खुट्टा टाउको , भुडी लिने चाहेमा रु ४ सय र वोइलर मासु प्रतिकेजी रु ३५० मुल्य निर्धारण गरिएको छ ।

उद्योग बाणिज्य संघ , जाजरकोटको आयोजना र पहाडी क्षेत्र विकास अभियान (पहल कार्यक्रम) को आर्थिक सहयोगमा सो कार्यक्रम भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!