बाउन्न हजार स्याउका विरुवा किसानलाइ वितरण

डोल्पा ः किसानलाई व्यवसायीक रुपमा स्याउ खेती तर्फ आक्रषित गर्नका लागि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले भारी मात्रामा विरुवा वितरण गरेको छ । स्याउको पकट क्षेत्र मानिएका यहाँ सवै वडामा स्वाउको विरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरलाइ कृषिमा आत्मनिर्भर बनाइ आर्थिक हिसाबमा समृद्ध बनाउनका लागि यस बर्ष २५ लाख बराबरको रकममा स्याउका विरुवा खरिद गरी वितरण गरिएको हो ।
नगरका ११ वटा वडाका लागि ५२ हजार ८ सय स्याउका बिरुवा खरिद गरेर सम्बन्धित वडा अध्यक्षद्धारा कृषकलाइ बितरण गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीले बताए । स्याउ,ओखर,अंगुर लगायतका फलफुल उत्पादनमा उपयुक्त भुगोल भएकाले नगरले दुइबर्ष यता ब्यवसायिक फलफुल खेतीलाइ जोड दिइएको उनले बताए । नगरपालिका भित्रपर्ने रङ्ग,सुँ,जिँउ लगायतका बस्तीहरु जिल्लामै धेरै परिमाणमा स्याउ उत्पादन हुने क्षेत्रको रुपमा परिचित छन् ।
बार्षिक लाखौँ मुल्य बराबरको स्याउ उत्पादन हुने भएकाले रङ्ग गाउँलाइ स्याउ पकट क्षेत्रको रुपमा बिकास गर्न अन्नबाली उत्पादन घटायर स्याउ खेतिमा जोड दिइएको वडा नं ४ का अध्यक्ष श्रीदल बुढाले बताए ।
रङ्ग गाउँमा एकघर एक, गाउँ बगैँचा निर्माण अभियान अनुसार प्रत्येक बर्ष खाली जमिनहरुमा स्याउ,ओखर,आरु,अंगुर लगायतका बोट बिरुवा लगाउँदै आएको उनको बताए ।
रङ्ग गाउँमा बिरुवा संरक्षणकोखलागि घेरबार नभएपनि मासिक दश हजार तलब दिनेगरी तीन जना हेरालो राखेर बिरुवा संरक्षण गर्न थालिएको छ ।
अबको तीन चार बर्ष भित्रै फलफुल बिक्रि बितरणबाटै बार्षिक लाखौँ आम्दानीगर्ने लक्ष्य कृषकहरुले लिएकाछन् । शित भण्डारण गृहको अभाबमा लामो समय सम्म ताजा फलफुल राख्न नसक्दा यस अघि लगाइएका स्याउहरु बोटमै कुहिँदै आएका ेकृषकहरुले गुनासो गरे ।
गत बर्षपनि करिब २५ हजार हाराहारीमा स्याउका बिरुवा बितरण गरिएको थियो । स्याउ,अंगुर,ओखर लगायतका बिरुवा खरिदमा स्थानीय सरकारको लाखौ रकम लगानि भएकाले बिरुवा हुर्नेर फल दिने नहुञ्जेलसम्म सिँचाइ,घेरवार,नियमित अनुगमन आवाश्यक रहेको फलफुल कृषकहरुको भनाइ छ ।
स्याउँसगै ६ हजार अंगुरको बिरुवा नगरपालिकाले भारतबाट ् ल्याएर वितरण गर्ने लागेको छ । नगरप्रमुख ओम बहादुर बुढा आफै भारत पुगेर खरिद गरेर ल्याएका अंगुरका बिरुवा अंगुरका पटक क्षेत्र पहिचान गरेर कृषकहरुलाइ बितरण गरिने बताइएको छ ।
नगर समृद्धिको एकमात्र आधारको रुपमा ब्यवसायिक फलफुल तथा जडिबुटी खेतिलाइ लिइएको नगरप्रमुख ओम बहादुर बुढाले बताए ।
स्याउ,अंगुर,ओखर,आरु,सिवकथ्रुन लगायतका फलफुलको ब्यवसायिक उत्पादनका लागि पहिलो नगर सभाबाटनै करोडौँ बजेट छुट्याउँदै आएकाले यसको सहि सदुपयोगगर्न कृषकहरुलाइ नगरप्रमुख बुढाले आग्रह गरे ।
डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिसकेकाले कृषकहरुले बजारको चिन्ता नलिइ धमाधम उत्पादनमा लाग्नुपर्ने नगरप्रमुख बुढाको भनाइ छ ।
नगर समृद्धिको सपना सहित लाखाँै रकम बराबरका बिरुवा बितरण गरिएकाले उत्पादनमा सफल हुने कृषकलाइ पुरस्कृत गर्ने र बेवास्था गरेर नगरको अनुदान डुबाउने कृषकलाइ कारवाहीगर्ने समेत बताइएको छ ।
जिल्लामै गाडी पुगेपछि डोल्पाली स्याउको बजार डोल्पामामात्रै सिमित नभइ रुकुम,जाजरकोट,सल्यान,सुर्खेत लगायत जिल्लाहरुमा बिस्तारहुन थालेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!