बारेकोट गाउँपालिकाको आर्थिक सहयोगमा पत्रकारले सिके सीप

जाजरकोट २, चैत ः स्थानीय सरकार मिडिया मैत्री नभएको भनि आरोप लगिरहेको बेला जाजरकोटको बारेकोट गाउँपालिकाले लगानी गरी पत्रकारिता तालिम सञ्चालन गरेको छ ।
जिल्लाको अत्यन्तै दुर्गम र मिडियाको पहुँच भन्दा टाढा रहेको बारेकोटमा यो तालिमबाट उत्पादन भएका प्रशिक्षत्री पत्रकारले बारेकोटको विकास र संमृद्धीमा टेवा पु्र्याउने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले गरेको थियो भने अन्य व्यवस्थापन बारेकोट गाउँपालिकाले गरेको थियो । गाउँपालिकाको विकास मोडेललाई सबैले अध्ययन गर्नुपर्ने धारणा राख्दै अध्यक्ष शाहले गाउँपालिकाको विकास गति कस्तो छ ?, गाउँपालिकाको विकासमा अनुसासित विकास भएको छ कि छैन ?, विकास निर्माणको गुणस्तर कस्तो छ ?, विकास निर्माणमा बाताबरणिय प्रभावमा ध्यान दिईएको छ कि छैन ? दिगो विकासमा जोड दिईएको छ कि छैन भन्ने कुरा आम नागरिकले जान्न आबश्यक रहेको बताउनु भयो । गाउँपालिकाको समृद्धी र विकासमा पत्रकार र मिडियाको महत्वपूर्ण भुमिका रहने भन्दै अध्यक्ष शाहले प्रशिक्षात्री पत्रकारहरुलाई तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो ।
पत्रकारिता पेशा निकै जोखिम रहेको बताउदै अध्यक्ष शाहले पत्रकारिता पेशा काम गर्न सके निकै सम्मानित पेशा पनि भएको बताउनु भयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले समाज विकासका लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताउनु हुदै जहाँ पुग्दैन सरकार त्यहाँ पुग्नुपर्छ पत्रकार भन्दै समग्र विकासका लागि पत्रकारहरुले गर्ने खबरदारीले सवैलाई सचेत र सजक बनाउने धारण प्रजिअ बस्नेतले राख्नु भयो । बारेकोटको विकास र समृद्धीका लागि नव पत्रकारहरुको महत्वपूर्ण योगदान रहेने अपेक्षा गर्दै प्रजिअ बस्नेतले सफल तालिम लिएर प्रमाण पत्र प्राप्त गर्ने सबै पत्रकारहरुलाई हार्दिक बधाई दिनु भयो ।
उक्त आधारभुत पत्रकारिता तालिममा, समाचारको अवधारणा समाचारको परिभाषा, समाचारका तत्वहरु, समाचार स्रोत, समाचार बनोट, समाचार लेख्दा ध्यान दिनुपर्ने कुरा, पत्रकारिता आचारसंहिता, पत्रकार सम्मेलन गर्ने तरिका, अन्तरवार्ता लिने तरिका, भित्ते पत्रिका प्रकाशन गर्ने तरिका लगाएत विषयमा प्रशिक्षात्री पत्रकारहरुलाई तालिममा सहजीकरण गरीएको थियो । उक्त तालिममा गाउँपालिकाका ९ वटै वडाका २८ जना प्रशिक्षात्री पत्रकारहरु सहभागि भएका थिए ।










