मुल्य घटेसँगै चामलको मुल्य बढ्यो

डोल्पा ः खाद्यान्नको मुल्य घटेसँगै बिक्रीदर ह्वात्तै बढेको छ । नेपाल खाद्य संस्थान डोलपाले दिएको जानकारी अनुसार फागुन मात्र ८ सय क्वीन्टल खाद्यान्न बिक्री भएको हो ।

जापानिज चामल ७ सय १५ क्वीन्टल, मध्यम खालको चामल ३५ क्वीन्टल, बङगलादेशी ६ क्वीन्टल, गोरखनाथ ९ क्वीन्टल गरी जम्मा ८ सय क्वीन्टल चामल विग्री भएको संस्थानका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभएको छ ।

सडक सञ्जाल सँग डोल्पा जोडिएसँगै भारी मात्रामा खाद्यान्नको मुल्यमा गिरावट आएको छ । अहिले स्थानीय बजारको मुल्य भन्दा खाद्य संस्थानको खाद्यान्नको मुल्य कम रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!