सिंहदरकार प्रमुख सहित प्रजिअ माथी स्थानीय प्रश्नको बाढी

जाजरकोट ः जनताको अधिकार सिंहदरबार पुगेको वर्ष दिन पुरा भए संगै यहाँका स्थानीय सरकारको सेवा , सुविधा प्रवाहको नाडी छाम्न जिल्लाको बारेकोट गाउँ पालिका पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लगाएतका सुरक्षा अधिकारी , जिल्लाका विकासे कार्यालयका प्रमुखहरु बारेकोट पुगेर गाउँघरको सिंहदरवार अवलोकन मात्र गरेन्न , विकास निर्माणका काम देखि जनताले स्थानीय सरकारबाट लिदै गरेको सेवाका विषयमा अन्तरक्रिया समेत गरेका छन् । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र प्रजिअ बस्नेतलाइ साँची राखेर स्थानीयले प्रश्नको भारी वर्षा गरेका थिए ।
उनीहरुले आयोडिन युक्त नुन , बारेकोटको जडीवुटी संरक्षण , जन्यजन्तुको संरक्षण , चोरी निकासी रोकथाम ,फलाम खानीको सदुपयोग लगाएतका कुरा उठाएका थिए । गाउँपालिकाका अध्यक्ष शाहले गाउँपालिकाको कानुन , प्रदेश सरकार , ंसंघिय सरकारको कानुनी प्रावधान अनुसार काम गरिरहेको बताउनुभयो ।










