भीरबाट खसेर मृत्यु

जाजरकोट , २ चैत ः बारेकोट गाउपालिका ८, लैखमकी ६८ बर्षीया भिउसरी खत्रीको भीरबाट लडेर मृत्यु भएको छ । गाउ नजिकैको रापानी भीरमा खर घाँस काट्ने क्रममा शनिवार खत्रीको लडेर मृत्यु भएको हो । घाँस काट्ने क्रममा उक्त भीरबाट एक्कासी ४ सय मीटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीय रतन सिंहले बताउनुभयो । रापानी भीरबाट स्थानीय बर्षेनी लडेर मर्ने गरेको उहाँले बताउनुभयो । रापानी भीरबाट लडेर ५÷७ बर्षको अवधी दर्जन स्थानीयले ज्यान गुमाएको सिंहको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!