गाउँमै बन्यो नागरिकता

जाजरकोट, २ चैत ः जिल्ला प्रशासन कार्यालय जाजरकोटले बारेकोट गाउँपालिकामा घुम्ती शिविरमा ७ सय ४१ जनालाई नागरिकताको प्रमाण पत्र पाएका छन् । ७ सय ८० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

गाउँमै शिविर मार्फत ठुलो मात्रामा तीन दिन भित्र नागरिकताको प्रमाणपत्र पाएका हुँन् । लिम्साबाट नेपाली नागरिकतको प्रमाण पत्र पाउनेहरुमा ४ सय ३० जना महिला, ३ सय ११ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

शिविरबाट १७ वटा पसल र ५ वटा होटेल दर्ता भएका छन भने, पहिलो चरणको घुम्ती शिविरमा बारेकोट १, २, ३, ४, ५ र ६ नम्बर वडाका नागरिकले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट सेवा दिइएका छन् ।

दोस्रो चरणको घुम्ती शिवीर बारेकोट ७, ८ र ९ नम्बर वडाका नागरिकको लागि ३ र ४ गते ८ नम्बर वडा कार्यालय सेपुखोलाबाट नेपाली नागरिकता, फोटो सहितको मतदाता नामावली, घरेलु उद्योग व्यवसाय दर्ता लगाएतका सेवा प्रवाह गरिने प्रजिअ बस्नेतले बताए । नागरिकताको प्रमाणपत्र बनाउन ७२ वर्षीय देखि दुइ दिनका सुत्केरी समेत आएको प्रजिअ बस्नेतले जानकारी दिए । गाउँमै नागरिकता देखि अन्य सेवा उपलवध गराएकोमा बारेकोट बासीले गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहलाइ धन्यवाद समेत दिएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!