अव सिसिटिभी मार्फत सुरक्षा निगरानी

जाजरकोट ः सेवा ग्राहीका गुनासा कम गर्न र छिटो छरितो सेवा प्रवाह गर्नका लागि जिल्ला प्रशासन कार्यालय , जाजरकोटले सिसिटिभी मार्फत निगरानी बढाएको छ ।
जिल्ला भरीका स्थानीयहरु प्रशासनमा बिभिन्न खालका सेवा लिन आउने भएकाले ढिला , सुस्ती ,झनझटिलो र दुख नपाउँन भनेर क्यामरा मार्फत निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले राससलाइ जाननकारी दिनुभयो । जिल्लाको भेरी नगरपालिकाको तल्लो थाप्ले, गैरीखाली, ठाँटीबजार, शान्तिचौतारा लगाएतका ठाउँमा सिसिटभी जडान गरेर सुरक्षा निगरानी गरेको समयमा प्रशासनले पनि थप सेवा विस्तार गदै निगरानी बढाएको हो । काम गर्दा कर्मचारीको लापर्बाही , ढिला सुस्ती काम हुँने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट सवै भिडियो माथी निगरानी गर्ने गरिएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लामा नागरिकतो विषयमा बिवरण दिनका लागि विद्युतिय पत्र मार्फत दिने सेवा विस्तार गरेको छ । यो भन्दा पहिला फ्याक्स गर्दा नवुझिने समस्यले हैरान हुँने गरेको थियो ।










