कालो मरिचमा पाइन्छ यी औषधीय गुण

काठमाडौं , कालो मरिचमा कीटनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । कालो मरिच बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
जिरा र चिनीसँग कालो मरिच मिसाएर दैनिक दुई चम्चा सेवन गर्दा पाइल्सबाट राहत पाउन सकिन्छ ।
कालो मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हुँदैन
बढ्दो उमेरका कारण हुने अर्थाराइटिस रोगीका लागि कालो मरिच फलदायी हुन्छ । तताएको तिलको तेलसँग यसको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।
उच्च रक्तचापका बिरामीले तातो पानीमा कालो मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ ।
तातो पानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।










