महिला स्वास्थ्य र जीवनशैली

मानिसको स्वास्थ्य उसको दिनचर्यामा निर्धारित हुन्छ । आयुर्वेदका अनुसार हरेक व्यक्ति तथा उसका क्रियाकलाप, शारीरिक, मानसिक एवम् सामाजिक आवश्यकता पनि भिन्न हुन्छन् । मनुष्यको विकासको इतिहास नियाल्ने हो भने अन्य जनावरझैं मानिस पनि एक शारीरिक परिश्रम अभिमुखी प्राणी हो । साथै, सामाजिक प्राणी पनि । त्यसैले, सामाजिक समन्वय, संवेदनशीलता तथा शारीरिक सन्तुलनको स्वास्थ्यसँग निकटतम सम्बन्ध छ । र, यी सबैलाई सन्तुलनमा राख्ने पोषण स्वास्थ्यको महत्त्वपूर्ण कारक तत्त्व हो ।

आज एक्काईसौं शताब्दीमा भौतिक विज्ञान र स्वास्थ्य विज्ञानको विकासले फड्को मार्दै गर्दा नसर्ने रोगको उपचार प्रमुख चुनौती बनेको छ । नसर्ने रोगको घनिष्ठ सम्बन्ध जीवनशैलीसँग छ । महिला स्वास्थ्य पनि यससँग अछुतो छैन ।

महिला स्वास्थ्यले महिलाका विशेष अङ्गहरू– पाठेघर, बीजघर फेलोपियन ट्युब, योनि एवम् स्तनको स्वास्थ्यबारे बुझाउँछ । यससँग महिलाको प्रजनन एवम् यौनिक स्वास्थ्य जोडिएको हुन्छ । यसैसँग महिलामा प्रतिमहीना हुने रक्तश्राव, जसलाई चलनचल्तीको भाषामा महीनावारी भनिन्छ, पनि जोडिएको छ । त्यसैगरी गर्भावस्था, सुत्केरी एवम् महीनावारी बन्दपछिको अवस्थाको पनि महिला स्वास्थ्यसँग गहिरो सम्बन्ध छ । यी सबै अवस्थामा स्वास्थ्यलाई कायम राख्न पोषण, निद्रा र दैनिक शारीरिक परिश्रम अत्यन्त आवश्यक छ । साथै, घामको सेवन, स्वच्छ हावा, पानी र वातावरणसँगको सामिप्यको पनि खाँचो छ । आधुनिकतासँगै नेपालका हामी महिलाको जीवनमा पनि ठूलो परिवर्तन आएको छ । धेरैजसो घरमा अब लिपपोत गर्नु नपर्ने, पानीका लागि पधेँरामा धाउनु नपर्ने अवस्थाले शहरी महिला दिदीबहिनीको जीवन सहज बनाएको छ । शहरोन्मुख कतिपय गाउँमा पनि यस्तो अवस्था देखिन थालेको छ । यद्यपि, देशको दुर्गम क्षेत्रमा दिदीबहिनीको जीवन अझै पनि धूँवाधूलो, चुल्होचौको र पँधेरोको दुःखबाट मुक्त हुन सकेको छैन ।

बिहान उठेदेखि राति सुत्ने समयभित्र हामीले प्रतिदिन गर्ने क्रियाकलापहरू– खाने–पिउने, रिसाउने, झर्कने, गाली गर्ने वा माया गर्ने, चिन्ता गर्ने पँधेरोमा गफ गर्ने, हाँस्ने, गुनासो पोख्ने, कुरा काट्ने आदि सबै जीवनशैलीका पाटा हुन् ।

जीवनशैलमा के के परिवर्तन आए
हिजो हामी शारीरिक रूपमा सक्रिय थियौं । तर आज सुविधाभोगी बनेर शारीरिक तथा मानसिक रूपमा अल्छी बन्न पुगेका छौं, जसले हामीभित्रको ऊर्जा कम गरी हामीलाई ऊर्जाशील र उत्साहित बनाउने थाइरोइड ग्रन्थीलाई असर पारेको छ । यसले अपच, मोटोपन, शरीरमा बोसोको वृद्धि कोलेस्टेरोल, ट्राइग्लासाइड ट्युमर, बाँझोपन जस्ता रोगको खतरा निम्त्याएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!