महिना दिन पुग्दा सम्म विद्युत मर्मतका लागि पुगेन ध्यान

सुकमाया थापा

डोल्पा ः  जैरीगाड जलविद्युत आयोजनाबाट विद्युत सेवा बन्द भएको महिना दिन वितेपनि मर्मत तर्फ पहल नहुँदा समस्य उत्पन्न भएको छ ।

गत फागुन ४ गते राती जैरीगाड पावर हावसको नहरमा सुक्खा पहिरो गएपछि हाल सम्म यहाँको विद्युत सेवा अवरुद्ध भएको छ । पहिरोले करिव १ करोड ९० लाख १८ हजार बराबरको क्षती बनाएको नेपाल विद्युत प्राधिकरण जलगाड योजनाले बताएको छ । ७५ मिटर लामो नहर भत्किएको छ । नहर मर्मत नहुँदा यहाँको सदरमुकाम दुनै लगाएतका आधा दर्जन गाउँमा समस्य भएको छ ।

विद्युत आपुर्ती नहुँदा जिल्ला सदरमुकामको नेपाल टेलिकमका सेवाहरु प्रभावकारी हुँन सकेको छैन भने स्थानीय सञ्चारमाध्यमहरु नियमित प्रशारण तथा प्रकाशन हुँन नसकेको नेपाल पत्रकार महासंघ डोल्पाका पुर्व सभापती विष्णुलाल बुढाले जानकारी दिनुभयो । दैनिक सरकारी कार्यालयको सेवा प्रवाहमा समेत समस्य उत्पन्न भएको छ ।
नहर मर्मत महिले हुन्छ भन्ने केही थाहा नभएको सरोकारवालाहरु बताउँछन् । नहर मर्मतका लागि तत्काल पहल गर्न प्रतिनिधीसभा सदस्य तथा पुर्व शान्ति मन्त्री सत्य पहाडीले माग गर्नुभएको छ । राज्यले डोल्पा जस्तो विकट ठाउँमा विशेष रुपमा हेर्नुपर्ने उहाँको माग छ । शुन्य समयमा बोल्दै उहाँले डोल्पाको रिण राज्यले ५० वर्ष सम्म तिर्नुपर्ने बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!