विद्युत नहुँदा गाउँमा सोलार जडान

सुकमाया थापा
डोल्पा २५ फागुन ः डोल्पाको दुनै लगाएतको ठाउँमा विद्युत सेवा अवरुद्ध भएको महिना दिन वितेपनि मर्मत तर्फ पहल नहुँदा समस्य भोगेको स्थानीयले सौर्य उर्जा जडान गर्न थालेका छन् ।
सदरमुकाम दुनै लगाएतका आधा दर्जन गाउँमा विद्युत सेवा उपलव्ध हुँदै आएको जैरीगार जलविद्युत आयोजना बन्द भएपछि यहाँका स्थानीयले सौर्य उर्जा जडान गर्न थालेका हुँन् । नहरमा सुक्खा पहिरो आएर विद्युत सेवा अवरुद्ध भएर विद्युत सेवा बाट बन्चित भएका स्थानीयले सौर्य उर्जा तर्फ आक्रषित भएको बताएका छन् ।
जैरीगाड जलविद्युत आयोजना मर्मतको लागि कुनै पहल नभएपछि सौर्य उर्जा मार्फत भएपनि घर उज्यालो बनाएको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ का विजयकुमार थापाले बताउनु भयो । सौर्य उर्जा जडान पछि दीर्घकालीन उज्यालो हुने र अध्यारोबाट मुक्त हुँने उहाँको भनाइ छ ।










