जिल्लालाइ योगदान गरेको भन्दै दर्जन महिला सम्मानित

सुकमाया थापा
डोल्पा ः १०९ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा यहाँका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुलाइ सम्मान गरिएको छ । जिल्लामा ख्याती प्राप्त योगदान गरेको भन्दै सम्मान गरिएको हो ।
डोल्पाको पहिलो सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा, ठुली भेरीनगरपालिका – ३ कि दुध कुमारी हमाल, त्रिपुरासुन्दरी नगरपालीका – ४ कि प्रदेश सभासद पदमाकुमारी बोहोरा, ठुलिभेरी नगरपालीका – ३ कि कार्यक्रम अधिकृत दन्ता न्यौपाने, त्रिपुरासुन्दरी नगरपालीका – १ का डा. मेलिना हमाल, मुड्केचुला गाउपालिका – ७ का नारायणी ठकुल्ला, त्रिपुरासुन्दरी नगरपालीका –२ का उपप्रमुख चन्द्राकुमारी बुढा, मुड्केचुला गाउँपालीकाकी उपाध्यक्ष सविता रोकाय, छार्काताङ्गसोङ गाउपालिका कि छिरीङ्गदिहिक गुरुङ, काइके गाउपालिका उपाध्यक्ष कुन्जाङ्ग बुढा, जगदुल्ला गाउपालिका कि उपाध्यक्ष अमृता लामा, त्रिपुरासुन्दरी नगरपालिका – ९ अध्यक्ष रमा बोहोरा, ठुलीभेरी नगरपालिका विशु रोकाय, मुड्केचुलाकि खेलाडी तारा शाही, ठुलीभेरी नगरपालिका वडा नं. २ को महादेव आधारभुत विद्यालयकी प्रधानाध्यापक पद्मा कुमारी रोकाय रहेका छन् । त्यस्तै गरी सोही नगरपालिकाको बालमन्दिर आधारभुत विद्यालयकी प्रधानाध्यापक अम्बिका हमाल, स्टाफ नर्स तुलमाया विक, मनिता विक, अहेव सम्झना महतारा, सिनियर अनमी सत्य रोकाय, त्रिपुरासुन्दरी नगरपालिका – ११ कि जुनकुमारी रोकाया, गंगा ओझा, रिता ठकुल्ला, स्टार्फ नर्स दिलुकुमारी बुढा र तारा बुढालाइ कार्यक्रममा सम्मान गरिएको जनाएको छ ।
जिल्ला समन्वय समिति डोल्पा र ठुलीभेरी नगरपालिका – ३ दुनैमा वडा नं १, २, ३ र ४ को संयुक्त आयोजनामा अन्तरपार्टी महिला सञ्जाल डोल्पा, महिला शसक्तीकरण डोल्पा, महिला सञ्जाल डोल्पा, सेडा नेपाल डोल्पा, एस.एन.वाई डोल्पा, किर्डाक नेपाल, पुकेस डोल्पा लागयतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोगमा मनाइएको १०९ औँ नारी दिवसमा यि सम्पुर्ण महिलाहरुलाइ सम्मान गरिएको थियो । महिलाहरुको सम्मान गर्दा छनोटको आधार , मापदण्ड प्रति असन्टुष्टी समेत देखा परेका छन् ।










