हिउँमा मुछिएका विद्यालयले , विद्यार्थी उतिर्ण दर बढाउन तयारी कक्षा मार्फत डोल्पामा होडबाजी

सुकमाया थापा
डोल्पा , २३ फागुन ः आशन्न चैत्र १० गते सञ्चालन हुँन गइरहेको माध्यमिक शिक्षा परीक्षामा विद्यार्थी उतिर्ण दर बढाउन डोल्पामा सामुदायिक विद्यालयले तयारी कक्षा तिव्र पारेका छन् । नियमित विद्यालय आउन नसकेका र विविध समस्यले विद्यालयमा पाठ्यक्रम पुरा नभएका विद्यालयले अहिले तयारी कक्षा सञ्चालन गरेर माध्यमिक शिक्षा परीक्षाको तयारी तिव्र बनाएको बताएका छन् ।

विषय गत शिक्षकहरुले नमुना प्रश्नपत्रहरु संकलन गरेर तयारी कक्षा मार्फत विद्यार्थीलाइ शिक्षण गरिरहेको त्रिपुराकोट माध्यमिक विद्यालय मद्युका प्रधानाध्यापक वोहोराले बताउनु भयो । उहाँले भन्नुभयो “ व्यक्तिगत कामले होस वा अन्य कामले होस, पढ्न नपाएका छात्र, छात्राहरुलाइ तयारी कक्षा मार्फत परीक्षामा ढुक्कका साथ लेख्ने बनाउने हो ” । डोल्पामा यो पटक भारी हिमपातले गर्दा पढाइ प्रभावकारी नभएको भन्दै यहाँका विद्यालयले तयारी कक्षामा जोड दिएका हुँन् । तयारी कक्षाहरु यो फागुन महिनाको अन्तिम सम्ममा सञ्चालन हुने बताइएको छ । हिमाली जिल्ला डोल्पामा फागुन बाट शैक्षिक शत्र सुरु भइ पुस महिनाको १५ गते शैक्षिक शत्र सकिने गर्दछ ।
मंसिरको अन्तिममा वार्षिक परीक्षा सकेर पुसमा शैक्षिक शत्र सकिएको भए पनि माध्यमिक शिक्षा परीक्षा भने नेपाल भरीका एकै समयमा हुने गर्दछ । सरस्वति माध्यमिक विद्यालय दुनै, आदर्श माध्यमिक विद्यालय जुफाल, लक्ष्मी माध्यमिक विद्यालय थरगाउं, जनप्रभा माध्यमिक विद्यालय लिकु, त्रिपुरा माध्यमिक विद्यालय काइगाउं, त्रिपुराकोट माध्यमिक विद्यालय मद्यु, कालिका माध्यमिक विद्यालय कालिका, अन्नपूर्ण माध्यमिक विद्यालय सर्मी, मुकुटेश्वर माध्यमिक विद्यालय पुल्चिङ लगायतका जिल्लाका सबै माध्यमिक विद्यालयहरुले तयारी कक्षाहरु पनि सञ्चालन रहेका छन् ।
आफ्नो विद्यालयबाट राम्रो प्रतिशतमा विद्यार्थी उत्तिर्ण गराउनका लागि जिल्लाका सबै माध्यमिक विद्यालयहरुले तयारी कक्षाहरु चलाउदै आएका छन् । यही क्रममा त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मद्युमा रहेको त्रिपुराकोट माध्यामिक विधालयले विगत देखि नै हाल सम्म शैक्षिक क्षेत्रमा राम्रो उपलब्धी हाँसिल गर्दै आइरहेको छ । त्रिपुराकोट माध्यमिक विद्यालयबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा दिने विद्यार्थीहरु २७÷२८ जना रहेको र अन्ने त्रिपुराकोट काटिया चौरका विद्यार्थीहरु पनि मद्युमै आएर पढ्ने गरेको उक्त विद्यालयका शिक्षक रेशम बगालेले जानकारी दिनुभयो ।

तीन वर्ष अघिसम्म डोल्पाका सबै विद्यालयहरुले तयारी कक्षा चलाउने गरेका थिएनन् । गत वर्ष बाट डोल्पाका विद्यालयहरुमा ट्युसन कक्षा सञ्चालन गर्ने गरिएको हो । हिमपातका कारण जाडो र हिउँका कारण बीचमा पढाइ कम भएकाले पनि फागुन मसान्तसम्म तयारी कक्षा चलाउन लागिएको शिक्षकहरुले बताएका छन् । शैक्षिक शत्र सुरु भएदेखी नियमित रुपमा पठनपाठन सञ्चालन गरेर विधार्थीहरुले शैक्षिक उपलब्धि गरेको देख्दा अभिभावकहरु मा खुसि छाएको छ ।

नियमित विद्यालय सञ्चालन हुनु, विद्यार्थीहरु नियमित उपस्थित हुनु शिक्षकहरु नियमित खटिएर पढाउनुले समुदाय र विद्यालयको संम्बन्ध राम्रो रहेको त्रिपुराकोट मावि मद्युका प्रध्यानाध्यापक कृष्णबहादुर वोहोराले बताउनु भएको छ ।
अरुबेलाको पुष ,माघको समय र यो वर्षको पुष ,माघको समयमा विद्यालयले पढाईमा धेरै मेहनत गरि रहेको र घरमै बसेर जाडो कटाउन धौ धौ परीरहेको बेला पनि विद्यार्थी, शिक्षकहरु ले नियमित पठनपाठन गरेर तयारी कक्षा सञ्चालन गरेको र कुनैपनि पाठ्यक्रमहरु नछुटाएर पढाएको र यसले शैक्षिक उपलब्धि राम्रै हुने आस गरेको अभिभावक खिमबहादुर बुढाले बताउनुभयो ।
विद्यार्थी शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र समुदाय एक अर्काको परिपुरक बनि विद्यालयको सिकाइ उपलब्धि बढाउने प्रयासमा राम्रो भुमिका निवाह गरेकाले यो शैक्षिक शत्रको माध्यमिक शिक्षा परीक्षामा डोल्पा जिल्लाको सिकाइ उपलब्धि उत्कृष्ट हुने आशा गरिएको त्रिपुराकोट माध्यमिक विद्यालय मद्युका प्रधानाध्यापक वोहोराले बताउनु भयो ।

डोल्पामा दुइ शैक्षिक पत्र सुरु हुँने गर्दछ । विद्यार्थीको व्यवहार र आर्जन गर्ने सिपको पहिलो थलो भनेकै विद्यालय भएकाले आफुहरु कलिलो माटोलाइ कुमारेले निश्चित आकार दिएझै हामी पनि विद्यार्थीका हरेक कुरामा निगरानी , असल साथीको भुमिका निवाह गरिरहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य विद्यालयमा पाठ्यक्रम पुरा नभएपनि मावि मद्युमा सवै पाठ्यक्रम पुरा भएको उहाँको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!