बालबिवाह रोक्न अभिभावकलाइ सम्झाउछन् विद्यार्थी

हेमन्त केसी
जाजरकोट २३ फागुन ः भेरी नगरपालिका – ९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने समित्रा चन्द आज, भोली बाबा, आमालाइ दैनिक बालविबाहबाट हुँने वेफाइदाका विषयमा विद्यालयमा सिकेका कुरा सम्झाउनुहुन्छ ।
छोरीका कुरा सुनेर पहिले , पहिले ध्यान नदिने अभिभावक आज भोली छोरीको कुरा लाइ ध्यान दिएर सुन्ने मात्र होइन, सुनेको कुरा गाउँमा गएर बालबिवाहबाट हुँने वेफाइदाका विषयमा खुलेरै छलफल गदै समाज जागरण अभियानमा लाग्नुभएको छ । भेरी नगरपालिका – ११ का राधिका आचार्य आमा समुह मार्फत सवै खालका बिकृती विरुद्ध संगठित भएर काम गरिरहेको बताउँनुहुन्छ “हामीले कम उमेर बिहे गरेर पढ्न लेख्न पाएनौ तर हाम्रा सन्तानले हामीले पाएको दुख नपाउँन भन्ने हाम्रो चाहाना हो ” । पहिलो एक जमाना थियो , छोरा हुँनेको धन , भैसी हुँनेको वन तर अहिले कम सन्तान इश्वारका वरदान भन्ने नै सही लाग्छ आचार्यले थप्नुभयो । यहाँका बिद्यालयमा बाल विवाह बाट हुँने समस्य मात्र होइन , विद्यालयमा विद्यार्थी टिकाउने र आँङ खस्ने समस्यका विषयमा समेत पढाइ हुँन थालेको छ । महिलाहरुको हक , अधिकारका विषयमा समेत खुलेरै छलफल हुँने गरेको छ । महिनावारी हुँदा विद्यालयमा नआउने छात्राहरु अहिले स्थानीय स्तरमा प्याड बनाउने तालिम सकेपछि विद्यालय आउँने दर पनि बढेको दीपेन्द्र मावि भुरमा प्रधानाध्यापक धनबहादुर चन्दले बताउनुभयो । दुइ छोरीको १५ वर्षको उमेरमा विहे भएको सुनाउँदै उमेर पुगेर बिहे गर्दा हुँने फाइदाका विषयमा भुर ,पोख्रा ,जगतीपुर लगाएतका दर्जन गाउँमा जागरण मात्र आएको छैन् , विद्यालय , पाटी, वैठक, सार्वजानिक स्थलमा समेत व्यापक छलफल हुँने गरेको छ ।
बालबिवाह गर्नेलाइ सरकारी सेवाबाट वन्चित गर्न यहाँका स्थानीयहरुले माग समेत गर्न थालेका छन् । भेरी नगरपालिकाको – ६, ९ र ११ वडामा रहेका बिद्यालय , आमा समुह , बालसञ्जाल सवै एक जुट भएर बालविवाह रोक्न अभियानमा लागेका छन् । स्थानीय प्रहरीले समेत बालबिवाह रोक्ने अभियानमा साथ दिएको छ । विद्यालयमा बाल अभियानी र किशोरी तथा दौतरी शिक्षककर्मी , नमुना जोडी निर्माण गरी बालविवाह न्यूनिकरण गर्ने अभियान अहिले सवैको साझा भएको छ । स्थानीय सरकार र वातावरणीय कृषि तथा विकास केन्द्र एवं वहुआयामिक विकास तथा अध्यान मञ्चले विगत ६ वर्ष देखि बालविवाह न्यूनिकरणका लागि काम गदै आएका छन् । शिक्षकहरुलाइ छुट्टै तालिमको व्यवस्था गरी यो अभियानमा सहभागि बनाएको छ । प्रत्यक विद्यालयमा बालविवाह रोक्ने बाल अभियानी बनाइ छलफल गदै बालविवाह न्यूनिकरण अभियानमा लागिएको भेरी नगपालिका – ९ का वडा अध्यक्ष धुर्व पौडेलले जानकारी दिनुभयो ।
यो सवैको साझा अभियान भएकाले हामी सवै एक ठाउँमा रहनुको विकल्प नभएको उहाँको भनाइ छ । बुधबार जिल्ला सदमुकाम खलंगाबाट गएको सरोकारवालाको अनुगमणमा समेत स्थानीयबासी , विद्यार्थी , स्थानीय अभियानकर्मीले बालविवाहका बिषयमा प्रस्तुती राखेका थिए । नमुना वडा बनाउन सवै सरोकारवाला निकाय जुटेको उनीहरुको भनाइ छ ।





error: Content is protected !!