कर्मचारी कार्यालयमा नजाँदा सेवा प्रवाहमा समस्य

सुकमाया थापा 
डोल्पा , २३ फागुन ः खटाएका कर्मचारीहरु गाउँपालिकामा नजाँदा सेवा प्रवाहमा समस्य देखिएको छ । डोल्पाको मुड्केचुला गाउँपालिकामा खटाएका कर्मचारीहरु कार्यालयमा नजाँदा दैनिक सेवा प्रवाहमा समस्य देखिएको हो ।
गाउँपालिकाको ९ वडामा २ जना सचिवले मात्र काम सञ्चालन गदै आएका छन् । गाउँपालिकामा प्रशासकीय अधिकृत सहित दुइ जना सहायक लेखा प्रशासनका कर्मचारीको भरमा कार्यालय चलेको प्रशाकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो । गाउँपालिकाका कृषि संयोजक श्रवणकुमार बुढा एक महिना सम्म कार्यालयमा हाजिर भएका छैन्न । त्यस्तै स्वास्थ्य संयोजक सम्भुमनिक यादव करिव १ महिना कार्यालयमा उपस्थित नभएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य शाखाकै सत्यकुमारी रोकाय नियमित कार्यालयमा नआउँदा सेवा प्रवाहमा समस्य भएको गाउँपालिकाले जनाएको छ । पशुविकास शाखाका प्रमुख नरवहादुर थापा पुस २० गते देखि अहिले सम्म कार्यालयको सम्पर्कमा नरहेको पाइएको छ ।
गाउँपालिकाको विषयगत कार्यालयका प्रमुखहरु आफुखुसी बिदामा वस्ने र गाउँपालिका सँग मतलव नगर्दा समस्य भएको गाउँपालिकाले जनाएको छ । यहाँका १३ वटा विद्यालयका ७० प्रतिशत शिक्षकहरु विद्यालयमा नआएर तलव खाने गरेको गाउँपालिकाले गरेको अनुगमणबाट फेला परेको छ । नियमित विद्यालयमा नआउने काम चोर शिक्षकलाइ गाउँपालिकाले स्पष्ठीकरण सोधेको छ । कर्मचारीहरु कार्यालयमा उपस्थित नभएर जथाभावी आफखुसी काम नगर्दा सेवा प्रवाहमा निकै समस्य परेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै मुड्केचुला गाउँपालिकाका वडा नं १ का वडा अध्यक्ष भानुभक्त बोहराले निर्मित समेत नछाडेर पुस देखि जिल्ला बाहिर हुँदा नियमित सिफासिर देखि अन्य कामहरु प्रभावित भएका छन् । त्यस्तै वडा ४ का वडा अध्यक्ष जगबहादुर बुढा माघ १ देखि जिल्ला बाहिर रहेका छन् । वडामा रहेको १२ योजना मध्य ६ वटा योजना मात्र सम्झौता भएका छन् भने बाँकी ६ बटा योजना अध्यक्ष नहुँदा सम्झौता नभएर रोकिएको गाउँपालिकाले जनाएको छ ।
सांसद विकास कोषको रकमबाट केन्द्र सरकारको निर्णय र गाउँपालिकाको निर्णय विरुद्ध टिमुरेचौर देखि मुड्केचुला गाउँपालिका सम्मको सडकमा डोजर प्रयोग भएको छ । १ करोड भन्दा तलको योजनामा डोजर प्रयोग गर्न नपाइने केन्द्र सरकार र गाउँपालिकाले निर्णय गरेपनि सो निर्णय लत्याउदै रु ४९ लाख ५० हजारको योजनामा विना प्राविधिक सर्भे र सम्झौता बिना सडक डोजरबाट खन्ने काम भएको छ ।
डोजर प्रयोगले स्थानीयहरु सडक खन्न पाएका छैन्न । त्यस्तै ग्रामीण पुर्वधार विकास आयोजना ( आरसिआइडव्लु) का आधा दर्जन योजनाहरु अहिले सम्म गाउँपालिकामा सम्झौता भएका छैन्न । करोड बढीका आधा दर्जन योजनाहरु सम्झौता नहुँदा निर्धारित समयमै काम हुँने सम्भावना कम रहेको गाउँपालिकाले जनाएको छ । डोजर प्रयोग गर्नका लागि अहिले सम्म योजनाको सम्झौता नगरेको स्थानीय धर्मचन्द्र शाहीले बताए।
स्थानीय सरकार सँग सम्पर्क नगरी जथाभावी आफुखुसी काम गर्ने परिपाटी मौलाएको छ , त्यो सव रोकिन्छ गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले भने “ शक्तिकेन्द्रको दवावमा यहाँ मनपरी गर्न खोजिदै छ , त्यो कुनै हालतमा गर्न दिइने छैन , हामी सिस्टममा जान खोजिरहेका छौ । काम नगर्ने माटो कोट्याएर रकम झवाम पार्ने विगतको परिपाटी कुनै हालतमा सहन सकिदैन् ” ।
अहिले डोल्पाको मुड्केचुला गाउँपालिका स्थानीय तहमै कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरीरहेको छ । जिल्ला अन्य अधिकांश स्थानीय तहका कार्यालय सदरमुकाम दुनैमा राखेर चलाएको भएपनि मुड्केचुला गाउँपालिका भने नर्कमा रहेर सञ्चालन भएको छ ।










