प्रा. डा. राना नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा

जुम्ला,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको डीनमा प्रा। डा। रेशमबहादुर राना नियुक्त भएका छन् । प्रतिष्ठान ऐन २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा।डा। राजेन्द्रराज वाग्लेले प्रा.डा रानालाई सो पदमा नियुक्ति गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले जानकारी दिए ।

स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा सुरु गरेका प्रा. डा. रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि पूरा गरेका छन् । विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेका प्रा।डा रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान ९न्याम्स०मा अध्यापन गराउँदै आएका थिए । साथै उनी काठमाण्डौं विश्वविद्यालयको चिकित्सा शिक्षा अध्यापनमा समेत संलग्न हुँदै आएको प्रतिष्ठानका रजिष्ट्रार काफ्ले बताए । यसअघि प्रतिष्ठानले प्रतिष्ठान अन्तर्गत स्त्रीरोग विभागको प्रमुखमा प्रा।डा किरण रेग्मीलाई नियुक्ति गरेको थियो ।

साथै डा। सुनिल बुढाथोकी र डा. कमल शर्मालाई बालरोग विभागमा नियुक्ति गरेको छ । शर्मा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवातर्फ ११ औँ तहको पदबाट राजीनामा दिइ जुम्ला गएका हुन् । त्यसैगरी प्रतिष्ठानले एमडिजिपी कार्यक्रमको संयोजकमा यसअघि डा। तरुण पौडेललाई नियुक्ति गरेको थियो । स्वास्थ्य सेवातर्फ १२ औँ तहबाट उनले अवकाश लिएका थिए । प्रतिष्ठानले सोही कार्यक्रमका लागि डा भोलाराम श्रेष्ठलाई नियुक्तिको तयारी गरेको छ । यसअघि प्रतिष्ठानमा डा निरेश थापा कार्यरत थिए ।

तीनै जना चिकित्सक एमडिजिपी तथा एमडी छन् । नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानलाई सो शैक्षिक कार्यक्रम सञ्चालन गर्न सिट संख्या निर्धारण गर्न ढिलाई गरिरहेको छ । काउन्सिलले तीन पटकसम्म प्रतिष्ठानको स्थलगत अध्ययन पूरा गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एमडिजिपी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अगाडि बढ्न अनुमति प्रदान गरेको रजिष्ट्रार काफ्ले बताए ।

‘एमडीजिपी तथा एमबिबिएस तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपकरण तीनै दृष्टिकोणले प्रतिष्ठानले तयारी पूरा गरेको छ,’ प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भने, ‘अब मेडिकल काउन्सिलको अनुमतिको पर्खाइमा छौँ, सिट संख्या निर्धारणको पत्र कहिले आउला भन्ने प्रतिक्षामा छौँ ।’

ती तहका कार्यक्रम अनुमति पाएपछि जुम्लामा पहिलो पटक चिकित्सक उत्पादन हुनेछ । प्रतिष्ठानले जुम्लामा ती सय सैैयाको अस्पताल सञ्चालन गरिरहेको छ ।





error: Content is protected !!