जाजरकोटको जुरेली डाँडामा रहेको एनसेल टावरमा आगजनी

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले जाजरकोटको एक एनसेल टावरमा आगजनी गरको छ । शुक्रवार राति जिलाको नलगाड नगरपालिका वडा नम्बर एकको जुरेली डाडाँमा रहेको एनसेल टावरमा आगजनी गरेको हो ।
नेकपा स्रोतका अनुसार जुरेली डाँडाको एनसेल टावरमा आगजनी भएपछि सोलारका सेटहरु लगायतमा क्षेती पुगेको जनाइएको छ । टावरमा क्षेती र आगजानी बारेमा सुचना प्राप्त भएपनि पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रवार बेलुका देखी राजधनी लगायत देशका बिभिन्न एनसेलका टावरमा बम बिस्फोट र आगजनी भएको छ ।







