छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा आमालाई २० वर्ष कैद

दैलेख, दैलेखमा छोरीलाई विष खुवाई हत्या गरेको घटनाकी आरोपित आमालाई दैलेख जिल्ला अदालतले आइतबार २० वर्ष कैदको फैसला गरेको छ। महाबु गाउँपालिका ४ काशिकाँधकी २९ वर्षीया जौकला भनिने शर्मिला बुढाले ९ वर्षीया छोरी भावना बुढाको हत्या गरेको ठहर गर्दै दैलेख जिल्ला अदालतले सजायको फैसला गरेको हो। जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट फैसला भएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिएका छन्। असार ९ गते घरमा बिहानको खाजा भनी दिइएको चाउमिनमा विष घोलेर खुवाइएको र छोरी भावना बुढालाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको थियो।





error: Content is protected !!