कविका कविता देखि राजसंस्था सम्मका कुरा एकै मञ्चबाट

जाजरकोट , एकाबिहानै जाजरकोट सदरमुकाम खलंगामा कर्मचारी , जनप्रतिनिधी , सुरक्षा अंग प्रमुखको बाक्लो उपस्थितीमा प्रजातन्त्र दिवसका नारा लेखिएका व्यानरहरु बोकेर समन्वय समितिको हल तीर पुगी प्रजातन्त्र दिवसको शुभकामना आदानप्रदान मनाएको छ ।

कार्यक्रममा भाषण भन्दा पनि आफ्ना सिर्जना मार्फत सहिदहरुलाइ सम्झने र भावी दिनहरु सहिदले देखाएको बाटोमा अगाडी बढ्न सिर्जना मार्फत नै दवाव दिइएको थियो । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, शिक्षा इकाइका प्रमुख सुधिनराज बुढाथोकीले कविता बाचन गरेर देश बनाउन सवै सवै एक मनले लाग्नुपर्ने बताउनुभयो ।

प्रमुख सत्तारुढ दलका प्रमुख सो कार्यक्रममा उपस्थत भएका थिएन्न भने प्रतिपक्ष दल नेपाली कांग्रेसका बेदराज सिंहले नेपाली कांग्रेस नै यो देशमा हरेक परिवर्तनको हिस्सेदार भएको दावी गर्नुभएको थियो । राप्रपाका दीपक खनालले राजसंस्था स्थापना गर्नु नै असली प्रजातन्त्र भएको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!