वन मन्त्रीद्धारा दुख व्यक्त

जाजरकोट , नेपालगन्जबाट रुकुम पश्चिम आठविसकोट नगरपालिकाको राडीका लागि छुटेको यात्रुबहाक बस जाजरकोट भेरी नगरपालिका १ रिम्नामा दुर्घटना ग्रस्त भइ भएको मानवीय क्षेती प्रति वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दुख व्यक्त गर्नुभएको छ ।
मृतक प्रति भावपुर्ण श्रदान्जली व्यक्त गदै दुखको घडीमा धैर्यधारणा गर्न र घाइतेको स्वास्थ्य लाभको कामना व्यक्त गदै मन्त्री बस्नेतले उद्धारमा खटिनु सुरक्षाकर्मी, स्थानीयबासी , सुरक्षा अंगका प्रमुख सवैलाइ धन्यावाद दिनुभएको छ । घाइतेका भरपर्दो उपचार गर्न सम्वन्धित निकायलाइ निर्देशन दिइसकेको समेत उल्लेख गर्नुभएको छ । त्यस्तै पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले दुख व्यक्त गर्नुभएको छ । घाइेतको स्वास्थ्य लाभको कामना र मृतक प्रति भावपुर्ण श्रदान्जली व्यक्त गर्नुभएको छ ।







