भेरीमा बस खस्यो चारको मृत्यू , नौ घाइते

सञ्जय के सी
जाजरकोट ः बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम आठविसकोट राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस बिहिबार राती भेरी नदीमा खस्दा चार जनाको मृत्यू भएको छ भने नौ जना घाइते भएका छन् ।
सल्यान घर भएका २१ बर्षीय सहचालक हरी रावत उपचारकै क्रमम मृत्यू भएको छ भने डोल्पाका मीनबहादुर बोहोराको घटना स्थलमै मृत्यू भएको छ । अन्य दुइ जनाको सनाखत हुँन बाँकी रहेको छ । दुर्घटनामा परी घाइते हुनेमा रुकुम आठविसकोट नगरपालिका ६ का २१ बर्षीय धिरेन्द्र बोहरा , जाजरकोटनलगाड नगरपालिका ५ का २४ बर्षीय विवस बोहरा , जाजरकोट भेरी नगरपालिका १ का ६० बर्षीय पञ्चकली राना , डोल्पा जगदुला गाउँपालिकाका – ४ का १२ बर्षीय जीतबहादुर बोेहोरा , रुकुम आठविसकोट नगरपालिका १३ का ३२ बर्षीय लालबहादुर थापा, रुकुम आठविसकोट नगरपालिका ११ का ३२ बर्षीय भरत चन्द , चालक मोहन राना रहेका छन् ।

त्यस्तै घाइते हुनेमा नलगाड नगरपालिका – १२ का डील्ली बोहोरा तीन जनाको नेपालगन्जमा उपचार भएको छ भने छ जनाको जिल्ला अस्पतालमा उपचार कार्य जारी रहेको छ । दुइ जना मृतकको सनाखत भएको छ ।





error: Content is protected !!