जाजरकोटमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट , रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षती बनाएपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।
चार दिन देखी अवरुद्ध भएको टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौ सेवा ग्रही मर्कामा परेका छन् । रोल्पाको रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गदै आएको छ । दुइ हप्ता अघि मछाइनामा रहेको टावरमा चट्याङले क्षती बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको टेलिफोन सेवा पुर्ण अवरुद्ध भएपछि यहाँका सेवाग्रही मर्कामा परेका छन् ।
मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको थियो । रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । नेपालगन्जबाट प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उहाँले बताउनुभयो ।
टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजारौं स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ । कहिले टावर निर्माण हुन्छ भन्ने एकिन नभएको बताएको छ ।










