हिउँ पहिरोमा वेपता अझै भेटिएन्न

सुकमाया थापा
डोल्पा ः डोल्पाबाट जुम्ला जाँदै गर्दा जगदुला गाउँपालिका – ४ मौरेलेखमा हिउँ पहिरामा परी बेपता भएका जुम्ला पातारासी गाउँपालिका – ४ लुमका ५१ बर्षिय कामागिराम नेपाली पाँच दिन देखि वेपता भएका छन् ।
माघ २५ गते दिउँसो जुम्ला स्थित लुम जादै गर्दा मौरेमा हिउँ पहिरोमा परी वेपता भएका थिए । नेपाली सँगै गएका अन्य दिपक नेपाली र ताराबहादुर नेपाली ज्यान जोगाएर घर पुगेको वेपताका छोरा राजकुरमार नेपालीले प्रहरीलाइ जानकारी दिएका थिए । प्रहरी र स्थानीयबासीहरु मौरेलेखमा खोजीका लागि आएपनि भारी हिमपात पर्ने क्रम नरोकएपछि खोजी गर्न नसकीएकोे जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायव उपरिक्षक अवदेष विष्टले बताउनुभयो ।
अहिले जुम्ला र डोल्पा बीचको बाटो समेत हिउँका कारण अवरुद्ध भएको छ ।










