तलब रोकिनेमा सत्तारुढ दलकै सांसदका पिए बढी

काठमाडौं । प्रमुख सत्तारुढ नेकपाका २१ जना सांसदका पिएले संसद सचिवालयमा बैंक खाता बुझाएका छैनन् ।

जसकारण पूर्वप्रधानमन्त्री प्रचण्ड, नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशिकला दाहालसहित अमृता थापा, जीवनराम श्रेष्ठ, टेकबहादुर बस्नेत, धर्मशिला चापागाईं, नवीना लामा, पूर्णाकुमारी सुवेदी, मैनाकुमारी भण्डारी, रामकुमारी झाँक्री, रेखा कुमारी, शिवकुमार मण्डलको पिएको तलब रोकिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेकपाकै , सुरेन्द्रप्रसाद पाण्डे, कोमल वली, परशुराम मेघी गुरुङ, राजकुमार कुँवर, शान्तिकुमारी अधिकारी र हरिचरण सिवाकोेटीका पिएको पनि तलब रोकिएको छ ।

बैंक खाता नम्बर सचिवालयमा नबुझाउँदा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित कांग्रेसका १५ सांसदको पिएको पनि तलब रोकिएको छ ।

देउवासहित उपनेता विजयकुमार गच्छदार, शशांक कोइराला, उमाकान्त चौधरी, कर्मा घले, जिपछिरिङ लामा, देवेन्द्रराज कँडेल, नागेन्द्र कुमार, डा। नारायण खड्का, पद्मनारायण चौधरी, प्रकाशमान सिंह, विमला नेपाली, मीना पाण्डे, देवी आले राना र दुर्गाप्रसाद उपाध्यायका पिएको पनि तलब रोकिएको छ ।

सत्तारुढ संघीय फोरमका पाँच सांसदका पिएको पनि तलब रोकिएको छ । फोरमका प्रदीप यादव, रेनुकुमारी यादव, डा सूर्यनारायण यादव, हरिनारायणप्रसाद रौनियार र रामप्रीत पासवानका पिएको तलब रोकिएको हो । नयाँ शक्ति नेपालका डा। बाबुराम भट्टराई, राप्रपाका राजेन्द्र लिङदेन र राजपाका महेन्द्र राय यादवका पिएको पनि तलब रोकिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!