डोल्पाका न्यायधिश सर्वोच्चमा

सुकमाया थापा
डोल्पा जिल्ला अदालतका न्यायाधिश २ महिनादेखि सर्वोच्चमा रहदा न्याय सम्पादन समस्य देखिएको छ । यसले हिउंदमा आउने न्यायिक सम्पादनमा केही ढिलो बनाएको छ ।
केही वर्ष देखि उच्च हिमाली जिल्लाका जिल्ला अदालतका न्यायाधिशहरुलाई सर्वोच्च अदालतले सर्वोच्चमै काजमा राख्ने गरेको हिउंदको समयमा उच्च हिमाली जिल्लाअरुमा चिसोका कारण न्यायाधिशहरु नबस्ने कारणले सर्वोच्चमा काज राख्ने गरेको जानकारी डोल्पा जिल्ला अदालत डोल्पाले दिएको छ ।
डोल्पा जिल्ला अदालतका न्यायाधिश प्रकाशकुमार काफ्ले पुस १गतेदेखि यही माघ मसान्त सम्मका लागि सर्वोच्चमा काजमा रहेका छन् । उनको अनुपस्थितिमा फैसला बाहेकका मुद्धाको कामकाज श्रेष्तेदारले गर्ने गरेकाले न्याय सम्पादनमा खासै समस्या नपरेको डोल्पा जिल्ला अदालतका सुब्बा नगेन्द्र चौलागाईले बताउनु भयो ।
उनका अनुसार डोल्पामा मुद्धाहरु पनि निकै कम हुने गरेका छन् । न्यायाधिशले अंग पुगेका मुद्धाहरु फौसला गर्ने हो । मुद्धाको अंग पुर्याउने काममा न्यायाधिश नचाहिने भएकाले न्याय सम्पादनमा अप्ठेरै परेको छैन ।
जिल्लामा मुद्धा कम भएका कारण भार धेरै नहुने भएकै कारण सर्वोच्च अदालतले उच्च हिमाली जिल्लाका न्यायाधिशहरुलाई हिउंदको समयमा २ महिना सर्वोच्चमै काजमा राख्ने गरेको केही वर्ष भैसकेको कानुन व्यवसायी रामप्रसाद बुढा बताउनु हुन्छ । उनी थप्छन् मुद्धा कम भए पनि तत्काल किनारा लगाई हाल्नु पर्ने मुद्धा कहिले अपर्झट आइहाले समस्या हुन सक्छ भन्ने हो नत्र हिउंदको समयमा न्यायाधिश जिल्लामा नहुंदा पहाडै खस्ने चांही होइन ।
यतिवेला डोल्पा जिल्ला अदालतमा ३७ थान मुद्धा रहेका छन् । ती मध्ये १ वर्ष नाघेका ३ थान मुद्धा मात्र रहेको जिल्ला अदालत डोल्पाले जनाएको छ । यसरी हेर्दा डोल्पा जिल्ला अदालतमा मुद्धाहरु कम आउने गर्दछन् । आएका मुद्धाहरुलाई अंग पुर्याउन समय लाग्ने भएकाले मुद्धाका अन्य काम गर्दागर्दै न्यायाधिश बोलाउन सकिने भएकाले न्याय सम्पादनमा ढिलासुस्ति नभएको डोल्पा जिल्ला अदालतले दावी गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!