सेतो पानी धेरै रोगका सूचक हुन्

महिला स्वास्थ्य विषय महिला मात्र नभई परिवार, समुदाय, समाज एवम् देशको गतिलो विकासका लागि अति आवश्यक छ । यद्यपि, यो यथार्थलाई नेपाली समाजले आजसम्म आत्मसात् गर्न सकेको छैन । अझै पनि गाउँघरमा यो विषय अत्यन्त न्यून प्राथमिकतामा परेको डा। सरिता श्रेष्ठ बताउँछिन् । महिला स्वास्थ्य विषयका ज्ञाता उनी माउण्ट म्याडोना इन्ष्टिच्युट कलेज अफ आयुर्वेद, संयुक्त राज्य अमेरिकाको भिजिटिङ कन्सल्ट्याण्ट तथा आयुर्वेद क्याम्पस नरदेवीका भिजिटिङ एशोसियट प्रोफेशर हुन् । यसैगरी, बनारस हिन्दू युनिभर्सिटीबाट स्त्रीरोग विषयमा एमडी गरेकी डा। श्रेष्ठसँग आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश स्

सेतो पानी बग्नु भनेको के हो ?
आम भाषामा सेतो वा फुस्त्रो पानी योनीमार्गबाट बग्नु सेतो पानी बग्नु हो । आयुर्वेदमा यसलाई श्वेतप्रदर तथा पश्चिमी चिकित्सामा ल्युकोरिया भनिन्छ । योनीमार्गबाट सेतो वा फुस्रो पानी अथवा यसैसँग रगत मिसिएर वा नमिसिई बगेको अवस्थालाई सेतो पानी बगेको भनिन्छ । यो गन्हाउने र चिलाउने खालको पनि हुन सक्छ । महिलाको योनीबाट निरन्तर रूपमा बग्ने यो सेतो पानी बढी मात्रामा बगेमा, रङमा परिवर्तन आएमा, चिलाउने वा गन्हाउने भएमा यो अवस्थालाई रोग वा अन्य रोगको लक्षण हो भनेर बुझ्नुपर्छ ।

सेतो पानी रोग नलाग्दा पनि बग्छ ?
प्राकृतिक रूपमा महिलाको योनी तथा प्रजनन अङ्गहरूलाई सङ्क्रमणबाट बचाउन योनीबाट एक प्रकारको र्‍याल समानको पानी बगिरहन्छ, जसमा रहेको पीएच अम्लीयताको माध्यमले बाहिरको सङ्क्रमण सजिलै भित्र प्रवेश हुनबाट बचाउँछ, जसको कमीले योनीमार्ग सुक्खा हुने, चिलाउने, घाउ हुने तथा यौनक्रियामा पीडा हुने आदि समस्या हुन्छन् । अतः स्वस्थ महिलामा प्रजनन स्वास्थ्यका लागि नियमित रूपमा निश्चित मात्रामा सेतोपानी बग्नुलाई सामान्य एवम् प्राकृतिक अवस्था मानिन्छ ।

कहिले र कति मात्रा सामान्य भन्ने बुझ्नुपर्छ ?
सेतो पानी बग्नाले चिपचिप भएर चिसो हुने र टालो, स्यानिटरी प्याड वा कपडाको प्रयोग गर्नुपर्ने अवस्था आइपर्‍यो भने असामान्य हो भनेर बुझ्नुपर्छ । सेतो पानीकै कारण घाउ भएमा, योनी चिलाउने, लुगा गन्हाउने भएमा पनि असामान्य ठान्नुपर्छ । त्यसबाहेक निम्न अवस्थामा प्राकृतिक रूपमा बढी श्राव हुन्छ ।
१। शारीरिक कमजोरी
२। महीनावारी भएको पहिलो ८–१६ दिन
३। महीनावारी हुनुभन्दा ५–६ दिन अगाडि
४। गर्भावस्था
५। परिवार नियोजनको साधन योनीमार्गभित्र प्रयोग गरेको अवस्था
६। गह्रौं भारी उठाएको र काम धेरै गरेको बेला
७। सूतिका ९बच्चा पाइसकेको सुत्केरी अवस्था

यस्तो समस्या भएको कहिले थाहा हुन्छ ?
१। जब अन्तरङ्ग कपडा वा साडी भिजेर फर्नुपर्ने अवस्था आउँछ । अथवा विशेष सतर्कताका लागि कपडा÷टालो वा स्यानिटरी प्याड प्रयोग गर्नुपर्ने हुन्छ ।
२। लुगामा सेतो दाग लागेमा, रङ फेरिएर धुँदा दाग जस्तो बसेमा ।
३। पहेँलो, रातो रङ मिसिएको, पानी वा पीप जस्तो भएमा ।
४। बाक्लो सेतो चोक्टा देखिएमा
५। योनी एवम् योनीमार्ग चिलाउने भएमा
६। लुगा वा महिला स्वयम् गन्हाउने भएमा
७। काछमा घाउ भएमा
८। तल्लो पेट वा कम्मर वा दुवै दुखेमा
९। कमजोरी महसूस भएमा

सेतो पानी बग्नुको कारण के हो ?
यसलाई तीन अवस्थामा विभाजन गर्न सकिन्छ ।
१। शारीरिक कमजोरी
२।सङ्क्रमणजन्य विशेष कारण
३। सङ्क्रमणरहित कारण

शारीरिक कारण के हो
लामो समयसम्म जीर्ण रोग लागेर दुर्बल हुँदा रक्तअल्पता ,एनिमिया, कुपोषणले कमजोरी हँुदा, अधिक परिश्रम ,शारीरिक विषेशगरी, भारी, बोझ आदि उठाउन काम गर्ने महिलाहरूमा पाइन्छ ।

सङ्क्रमणका कारण के के हुन् ।
विभिन्न परजीवी एवम् कीटाणुका कारणले हुने सेतो पानी श्रावलाई सङ्क्रमणजन्य भनिन्छ । यसलाई स्पेसिफिक पेथोजेनिक कारण मानिन्छ, जस्तै ।

ट्रायकोमोनोस
ढुसी
ब्याक्टेरिया
जुम्रा पर्नु
सङ्क्रमणरहित कारण के के हुन् ?

योनीमार्ग तथा प्रजनन अङ्गको सरसफाइमा कमी
महीनावारीमा प्रयोग गरिने कपडा वा प्याडको सफाइ वा टालो लुगाको सफाइमा कमी
सुत्केरी अवस्थामा बच्चा पाउने क्रममा घाउ पूर्णतः निको नभएको अवस्था, सरसफाइमा हेलचेक्र्याइँ
पिसाब रोक्न नसक्ने अवस्था
गर्भाशयभित्र वा बाहिर प्रयोग गरिने परिवार नियोजनको साधन
पाठेघर ९आङ० खस्ने समस्या
पाठेघर खस्नबाट बचाउने रिङ पेसरीको प्रयोग
मलमूत्र एवम् योनीमार्गको बीचको भित्तामा समस्या आई फिष्टुला, दिसा–पिसाबको मार्ग बदलिनु वा बगिरहनु ।
दिसा–पिसाब गर्दा बढी किन्ने समस्या मल वा मूत्रमार्ग सम्बन्धित रोगहरू
प्रजनन तथा योनीमार्ग आदिमा घातक वा अन्य नयाँ ग्रन्थीको वृद्धि हुनु
बुढ्यौली तथा रजोनिवृत्ति अवस्थाका योनी चिलाउने समस्या
रगतमा चिनीको मात्रा बढ्नु ९मधुमेह०
एलर्जी
औषधिप्रति असहिष्णुता
भिटामिन बीको कमी
मानसिक उत्तेजना वा अन्य अवस्था
सेतो पानी बग्दा के कस्ता लक्षण देखिन्छन् रु

कम्मर दुख्ने
तल्लो पेट दुख्ने
सेतोपानी बगेर योनीमार्ग चिलाउने गन्हाउने
घाउ भएर दुख्ने र सङ्क्रमणको सम्भावना बढ्ने
यी लक्षणमध्ये माथिल्लो ३ लक्षण प्रायः सबैखाले स्वेतप्रदर ९सेतो पानी बग्ने रोगमा० पाइन्छ । तर, चौथो लक्षण विशेषगरी सङ्क्रमणजन्यमा पाइन्छ ।

यो समस्याको उपचार के हो 
सामान्य रूपमा सेतो पानी बग्नुुका साथै अन्य लक्षण पाइएमा केही दिन घरेलु उपचार गर्न सकिन्छ । तर, घरेलु उपचारबाट आराम नभएमा सम्बन्धित चिकित्सकसँग परामर्श गरी परीक्षण गर्नुपर्छ । यसका घरेलु उपायहरू पनि छन् स्

१। चौलानीपानी ९खानेपानीमा एक मुठ्ठी चामल०धोएर पहिलो पानी फ्याँकी दोस्रो पानी लिने । एक गिलास चौलानीपानीमा एक चम्चा पिनेको मिश्री मिलाएर बिहान–बेलुकी पिउनाले सेतोपानी बग्ने र पिसाब लाग्ने र पिसाब पोल्ने समस्या हट्छ । तर, मधुमेह भएमा मिश्री नराखीकन पिउनुपर्छ ।

२। धायरोका फूल वा काठको चूर्ण १÷२ वा १ चम्चा मिश्री काँडा वा चौलानीपानीसित १ हप्ता बिहान–बेलुकी सेवन गर्नुपर्छ ।

३। सुकाएको आँपको एउटा कोयाभित्रको गुदीलाई आगोमा भुटेर ९हाँडी वा कराहीमा० ८÷१० टुक्रा बनाई दिनमा दुई÷तीनपटक मिश्रीसित ३–५ दिनमा खाँदा फाइदा हुन्छ ।

४। धनियाँको बीउ भिजाएर सो पानीमा एक चम्चा मिश्री मिलाई बिहान दिउँसो २–३ दिन पिउनुपर्छ ।

५। मेथीको बीउ हल्का भुटेर लड्डु बनाएर एउटा लड्डु दिनहुँ खाने १०–१५ दिन खाँदा लाभ मिल्छ ।

६। गुदपाक १ चम्चा दिनहुँ १०–१५ दिन ९दिनको समयमा० खान सकिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!