सुत्केरी गराउन हेलिकप्टरबाट उद्धार गरिदै

दाने बोहोरा

हुम्ला ः जिल्लाको दुर्गम सर्केगाड गाउँपालिका मा शुक्रबार राति एक महिला सुत्केरी हुन नसक्दा स्थानीय सरकारले हेलिकप्टर मार्फत उद्धारको तयारी गरेको छ । सर्केगाड गाउँपालिका ४ का २७ वर्षिय पार्वती शाहीलाई शुक्रबार राति सुत्केरी व्यथा लागेको थियो ।
सुत्केरी व्यथा लागेकी शाहीलाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसक्दा अहिले हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्ष श्रेष्ठले बताउनुभयो । सुत्केरी व्यथा लागेका महिलाहरुलाई जिल्ला दुर्गम गाउँवस्तिमा पर्याप्त औजार नभएको यस्तो समस्या भएको हो ।
सर्केगाड स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसक्दा सिफारिस गरेर हेरिकप्टरको माग गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । शाहीलाई सर्केगाड स्वास्थ्य चौकीमा सुत्केरी गर्न नसक्दा ज्यान बचाउनको लागि स्थानीय सरकारले अहिले हेलि मार्फत उद्धार गर्न लागेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!