सबै प्रदेशमा कम्तीमा एउटा प्राणी उद्यान हुन्छः मन्त्री बस्नेत

Home Minister Shakti Bahadur Basnet addresses the Parliament meeting, on Friday, July 8, 2016. Photo: RSS

काठमाडौंः वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सबै प्रदेशमा कम्तिमा एउटा प्राणी उद्यान केन्द्र निर्माण गर्ने गरि सरकारले काम गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री बस्नेतले यस्तो बताए। न्यूनतम एक एकवटा प्राणी उद्यान बनाउने गरी योजनाबद्ध रुपमा सातै प्रदेशमा प्राणी उद्यान बनाएर मानव र प्राणीबीचको द्वन्द्वलाई न्यून गरेर उत्पादन र राजश्वर बढाउने ढंगबाट सरकारले काम गरिरहेको उनले स्पष्ट पारे। उनले भक्तपुरको सुर्यविनायकमा बनाउन लागिएको सुर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी गराए। उनले साविकको जिल्ला बन कार्यायलय कास्कीको सहजीकरणमा स्थानीय सरोकारवालाहरु र सामुदायिक वन उपभोक्ता सहमुहहरुको साझेदारीमा गत बर्ष देखि नै पोखरा जिओलोजिकल पार्क नामक संस्था गठन गरि सो संस्थाद्वारा रतुवा, मृग निलगाई, बन बिरालो, बाँदर लगायतका वन्यवजन्तुको पालना भईरहेको जानकारी दिए।

जिओलोजिकल पार्कमा अहिले सम्म खरायो चरा निलगाई र चितुवाको लागि एक एकवटा केज सहित एउटा पाले घर निर्माण भएको पनि उनले जानकारी दिए। उनका अनुसार, पार्क निर्माण देखि अहिले सम्म १ करोड १३ लाख २१ हजार रुपैया खर्च भइसकेको छ। सांसद खगराज अधिकारीले पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैयामा प्राणी उद्यान बनाउने सरकारको योजना तथा देशभर संचालन भएका प्राणी उद्यान र त्यससम्बन्धी नया आयोजना बारे जानकारी मागे। सांसद महेश बस्नेतले भक्तपुरको सुर्यविनायकमा बनाउन लागिएको सुर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गर्ने भनिएको प्राणी उद्यान केन्द्र तिब्र गतिमा निर्माणको लागि आग्रह गरे।





error: Content is protected !!