दानी पिलमा बन्ने भो चारसय केभी प्रशारण लाइनको सव स्टेशन

जाजरकोट ः जाजरकोट , जाजरकोटको नलगाड नगरपालिका – ७ दानी पिपलमा ४०० सय केभी प्रशारण लाइनको सव स्टेशन बन्ने भएको छ ।
आज दानी पिपलमा उत्पादन कम्पनीका प्रमुख मोहन पन्त , ग्रिड उत्पादन कम्पनी प्रमुख नेत्र ज्ञवाली , नलगाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक रामकाजी थापा , सांसद गणेसप्रसाद सिंह , जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल र नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल लगायतले स्थानीय संग सव स्टेशन निर्माणका लागि जग्गा अधिग्रहणका बिषयमा छलफल गर्नुभएको छ । जाजरकोट, रुकुम र डोल्पा जिल्लामा बन्न लागेका विद्युत आयोजनाहरुको विद्युत वितरण गर्नका लागि सव स्टेशन दानी पिपलमा निर्माण गर्न लागिएको नलगाड जलविद्युत आयोजनाका इन्जिनिय पदम थापाले जानकारी दिए । रुकुमको उत्तरगंगा विद्युत आयोजना, डोल्पाको दगदला , जाजरकोटको भेरी १, २ , ३ र चिसापानी डाडागाउँ विद्युत आयोजना, ताँसुगाड आयोजना र नलगाड जलविद्युत आयोजनाको विद्युत बितरण गर्नका लागि दानी पिपलमा सव स्टेशन निर्माण गर्नका लागि स्थानीय संग छलफल गरिएको हो ।
जमिन पक्का र सवैको बीचमा दानी पिपल भएकाले यहाँको १५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । आज भएको छलफलमा स्थानीयबासीहरुले स्व स्टेशन निर्माणका लागि जग्गा उपलव्ध गराउने निर्णय गरेको थापाले बताए । जाजरकोटलाइ विद्युतको हर्व बनाइने सांसद गणेसप्रसाद सिंहले बताए ।







