जाजरकोटमा नेकपाले रित्याइदियो बाबुरामको नयाँ शक्ति पार्टी

जाजरकोट । कार्यकर्ता प्रशिक्षणमा जाजरकोटका गाउँमा पुगेको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)नयाँ शक्ति पार्टी रित्याइदिएको छ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई नेकपाले जाजरकोटमा रित्याइदिएको हो ।

बुधावर नयाँ शक्ति पार्टी जाजरकोटको सिङ्गो जिल्ला कमिटी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा मा विलय भएको छ । कुशे गाउँपालिका स्तरीय नेकपाको अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित सिंगो कमिटी नै नेकपामा विलय भएको हो ।

नयाँ शक्तिका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मेहेन्द्र शर्मा लगायतको सिंगो पार्टी कमिटिलाई कार्यक्रमका प्रमुख अतिथि युवा नेता नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले अविर माला लगाएर स्वागत गरेका छन् ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद करबीर शाही, कर्णाली प्रदेश कमिटी सदस्य तथा तत्कालीन नेकपा माओवादीका जिल्ला अध्यक्ष ढकबीर राना, प्रदेश सदस्य हरिभक्त नेपाली, लगायतको उपस्थिति थियो ।

केन्द्रीय सदस्य आचार्यका अनुसार पर्सी माघ २५ गते नयाँ शक्तिका जिल्ला कमिटी सदस्यहरुलाई नेकपामा प्रवेश गराउने कार्यक्रम छ । कार्यक्रममा दलित जनजाती पार्टीकी समानुपातिक उम्मेद्वार पवित्रा चदारा, नेपाली काँग्रेसका राजेन्द्र हमाल र हृदराम जैसी पनि नेकपा प्रवेश गरेका छन् ।





error: Content is protected !!