बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुम,बलात्कार मुद्दाका फरार अभिययुक्त रुकुम पश्चिममा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाफिकोट गाउँपालिका–१ लागिमका करिब ६३ वर्षका भद्रबहादुर कामी रहेको प्रहरीले जनाएको छ। बलात्कार मुद्दामा कामीलाई उच्च अदालत तुलसीपुर, दाङले गत मंसिर २७ मा पाँच बर्ष कैद सजाय तोकेको थियो। फरार रहेका उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। पक्राउ परेका कामीलाई रुकुम जिल्ला अदालतमा दाखिला गर्ने तयारी भइरहेको छ।थाहा साभार





error: Content is protected !!