आठ दिनपछि खुलेको सिमकोट विमानस्थल पुन अवरुद्ध

हुम्ला,
आठ दिनपछि खुलेको हुम्लाको सिमकोट विमानस्थल पुनस् अवरुद्ध बनेको छ । बिहीबार बिहानैदेखि परेको लगातारको हिमपातले विमानस्थल पुनः अवरुद्ध बनेको विमानस्थलका निमित्त प्रमुख गौरव देउजाले जानकारी दिए । उनका अनुसार अझै दुई तीन दिन विमानस्थलमा उडान भर्न सकिने छैन ।

गत सोमबारदेखि हिमपातकै कारण बन्द विमानस्थल ८ दिनपछि मंगलबारबाट खुलेको थियो । विमानस्थल खुलेपछि नेपालगन्ज र सुर्खेतदेखि तारा, समिट, सिता र मकालु एयरलाइन्सले उडान भरेका थिए ।

लगातारको हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ ।





error: Content is protected !!