हिरोईनको रेट १५ लाख

डब्बु क्षत । नेपाली चलचित्रका अभिनेताले पारिश्रमिक बढाएको चर्चा चलेको बेला अभिनेत्रीहरुले पनि आफ्नो पारिश्रमिक बढाएका छन् । अभिनेताहरुले एउटै चलचित्रदेखि ४० देखि ५० लाख रुपैयाँ लिने गरेको बेला अभिनेत्रीहरुले पनि आफ्नो पारिश्रमिक बढाएर १५ लाख पु¥याएका छन् । तीन अभिनेत्रीहरुले आफुले एउटा फिल्मबाट १५ लाख रुपैयाँ लिने गरेको खुलाएका छन् ।

सम्हालिन्छ कहिले मनमा पूजालाइ १५ लाख

पछिल्लो फिल्म प्रेमगीत हिट भएपछि चर्चामा आएकी अभिनेत्री पुजा शर्माले आफुले पछिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट १५ लाख रुपैयाँ लिएको घोषणा गरेकी छिन् । आफुले अब १५ लाख रुपैयाँ भन्दा कममा काम नगर्ने पनि उनले बताएकी छिन् ।

प्रेमगीत पछि पुजाको अरु दुई ओटा फिल्मले बक्स अफिसमा राम्रो व्यापार ग(यो । उनको म यस्तो गीत गाउँछु र राम कहानी सिनेमा हलमा हिट भए । राम कहानी उनको गत भदौमा रिलिज भएको थियो । यसरी आफुले लगातार तीन ओटा हिट फिल्म दिएपछि यी अभिनेत्रीले पारिश्रमिक बढाएर १५ लाख रुपैयाँ पु(याएकी हुन् ।
यदी राम्रो स्कृप्ट र राम्रो टिम पाएमा पनि १५ लाख रुपैयाँ नै लिनेकी त्यो भन्दा कममा काम गर्ने भन्ने जिज्ञाँसामा यी अभिनेत्रीले भनिन्,‘राम्रो स्कृप्ट छ र टिम पनि राम्रो छ तर उहाँहरुसँग बजेट कम छ भने मैले १५ लाख रुपैयाँ नै चाहियो भन्न मिल्दैन । त्यस्तो अबस्थामा आपसी सहमतिमा त्यो भन्दा कममा पनि फिल्म खेल्न सकिन्छ ।’ तर व्यबसायिक सिनेमामा १५ लाख भन्दा कम पारिश्रमिकमा अब काम नगर्ने पनि पुजाले बताएकी छिन् ।

कायरामा १२ लाख लिएकी साम्राज्ञीले मारूनीमा १५ लाख

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अब १५ लाख भन्दा कममा काम नगर्ने बताएकी छिन् । अघिल्लो फिल्म कायरामा १२ लाख रुपैयाँ पारिश्रमिक लिएर काम गरेकी साम्राज्ञीले आफ्नो पारिश्रमिक बढाएर १५ लाख रुपैयाँ पु(याएकी छिन् । छायाँकनको तयारीमा रहेको चलचित्र मारुनी आफुले १५ लाख रुपैयाँ लिएको साम्राज्ञीले खुलासा गरेकी छिन् ।

चलचित्र मारुनीका निर्माता पुनम गौतम क्षत्रीले यो फिल्मको लागि १५ लाख रुपैयाँ पारिश्रमिक साम्राज्ञीलाई दिएको स्विकारेकी छिन् । पुनमका अनुसार १५ लाख रुपैयाँ पारिश्रमिकसँगै मारुनी हिट भएको खण्डमा केही मुनाफा पनि साम्राज्ञीले पाउने भएकी छिन् । यसरी १५ लाख पारिश्रमिक बाहेक केही मुनाफासमेत पाउने गरी साम्राज्ञी यो फिल्ममा अनुबन्धित भएकी छिन् ।

त्यसो त हेमराज विसीको निर्देशनमा तयार हुने गोविन्द शाहीको नयाँ फिल्ममा पनि साम्राज्ञी १५ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित भएकी छिन् । आगामी असारबाट छायाँकन सुरु हुने यो फिल्मको लागि नायिकामा अनुबन्धित भएकी साम्राज्ञीले १५ लाख रुपैयाँ लिएको निर्माता गोविन्द शाहीले खुलासा गरेका छन् । यो फिल्ममा अभिनेता प्रदीप खड्काको नायिकाको रुपमा साम्राज्ञी प्रस्तुत हुँदैछिन् ।

नम्रतालाइ प्रसादमा १५ लाख

अर्की अभिनेत्री नम्रता श्रेष्ठले पनि आफ्नो पारिश्रमिक बढाएर १५ लाख रुपैयाँ पु(याएकी छिन् । आफुले १५ लाख रुपैयाँ यो फिल्मबाट पारिश्रमिक लिएको कुरा यी अभिनेत्रीले प्रसादको पत्रकार भेटघाट क्रममा पनि खुलास गरेकी थिईन् ।

गत २१ मँसिरमा रिलिज भएको फिल्म प्रसादमा यी अभिनेत्रीले १५ लाख रुपैयाँ पारिश्रमिक र बेलायत फिल्म चलाउँदाको मुनाफाबाट केही प्रतिसत शेयर लिने सर्तमा काम गरेको यसका निर्देशक दिनेश राउतले हालै बताएका थिए । उनले फिल्मबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिईसकेकी छिन भने अब बेलायत प्रदर्शनबाट उनले केही रकम लिने भएकी छिन् ।





error: Content is protected !!