मदिरा ब्यवसायीले भने,निर्णय फिर्ता नभए अदालत जान्छौुं

रुकुम,मदिरा ब्यवसायी संघ रुकुमले जिल्ला समन्वय समिति रुकुमले जिल्लालाई मदिरा निषेधित क्षेत्र बनाउन गरेको निर्णय कानुन विपरित रहेको बताएको छ। जिल्ला सदरमुकाम मुसिकोट खलंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै मदिरा व्यवसायी संघका अध्यक्ष नबिन खड्काले समन्वयको निर्णय मदिरा ऐन २०३१ र मदिरा नियम २०३३ बिपरित भएकोले गरेको निर्णय फिर्ता दिएर रुकुमका व्यवसायीहरुको लगानी सुरक्षा गर्न माग गरे। आफूहरूले सरकारबाट नै अनुमति लिएर व्यवसाय गरिरहेको र अनुमति लिएका ब्यवसायी संघीय सरकारले कानुन बनाएर बाहेक स्थानीय सरकारले रोक्न नसक्ने पनि उनको जिकिर थियो। निर्णय फिर्ता नदिने अदालतमा सोत जाने उनको भनाई थियो। रुकुम उद्योग बाणिज्य संघ रुकुम पश्चिमका अध्यक्ष टेकबहादुर पुनले अनुमति लिएको ब्यवसाय रोक्दा रुकुमको समग्र व्यवसायीहरु निरास भएको बताए। कानुन अनुसार नै संचालनमा रहेका ब्यवसायलाई रोक्दा जिल्लाबाट सरकारलाई बिभिन्न करमार्फत जाने करोडौं रुपैयाँ राजश्व समेत गुम्ने उनले दाबी गरे। व्यवसायी मोहबिर खड्काले जिल्लामा सर्बप्रथम अबैध मदिरा रोक्नुपर्ने बताए। ‘हाल जिल्लामा अबैध घरेलु मदिरा नै बिक्री वितरण भइरहेको छ। त्यसमा सरकारको ध्यान छैन। तर अनुमति लिएका ब्यापारीमाथि जाइलागिरहेको छ’ उनले भने। जिल्ला समन्वय समिति रुकुम पश्चिमले माघ ६ गतेदेखि नै जिल्लामा मदिरा आयातमा रोक लगाएको छ भने फागुन १६ बाट बिक्री वितरण नै रोक्ने बताएको छ।थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!