घर र पसल चोरी गर्ने व्यक्ति ४ दिनपछि पक्राउ

जाजरकोट, जिल्लाको शिवालय गाउँपालिकाको मोर्क बजारमा विभिन्न पसल तथा घरमा चोरी गर्ने व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ । स्थानीय वासीको उजुरीका आधारमा प्रहरीले गरेको अनुसन्धान बाट शिवालय गाउँपालिका वडा नम्वर २ मोर्क बजारको पुष्पा सुनचाँदी पसल, कर्ण भाँडा पसल, छेडागाड नगरपालिका वडा नम्वर १२ का करसिंह महताराको घर र पसलबाट विभिन्न गहना, नगद रुपैँया र अन्य सरसामानहरु चोरी गर्ने प्रदिप वि।क। भनिने २० वर्षको सौगात वि।क।लाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख रविन्द्र वहादुर सिंहले वताए ।उहाँका अनुसार प्रहरी चौकी छेडाचौर बाट खटिएका प्रहरीले चोरीको आरोपित सौगातलाइ शिवालय गाउँपालिका वडा नम्वर १ छेडाचौर बजारबाट पक्राउ गरिएको हो । प्रहरीले सौगातको साथबाट तल्चा काट्न प्रयोग हुने औजारहरु, फलामको तार काट्ने कैची १ थान एक, फलामको पिलास थान १ एक थान, फलामको पेचकस थान १ एक र मोर्क वजारमा बिर बहादुर सुनारले संचालन गरेको सुनचाँदी पसलबाट चोरी गरी लिएको सामानहरु सुनको सिक्रि लकेट सहित १ तोला को थान १ ९एक, काँचो सुन ढिक्का २ थान २३ लाल, सुनका विभिन्न गरगहनाहरु कुच्चीएको २ तोला ७० लाल, चाँदिको पायल ३ जोडि ४ तोला ३२ लाल, चाँदीको सिक्रि ४ थानको ५ तोला ६३ लाल , टुप्पोमा चाँदी भएको वाला ८ आना , चादीको औठी ६ पिसको १ तोला २६ लाल , पितलको रिङ ३६ लाल ,सोनी कम्पनीको क्यामरा थान १ ९एक० पेन्ड्राइप थान १, कार्डरिडर थान १ नमस्तेको सिम थान १, हुवाइ मोवाइल थान १, पावर व्याक अप थान १ नगद रु दश हजार र केहि सिक्काहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।










