स्वाइन फ्लुका कारण भारतका पूर्व रक्षामन्त्रीको निधन

एजेन्सी,भारतीय पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिज स्वाइन फ्लूका कारण निधन भएको छ। ८८ वर्षीय फर्नान्डिजको आज बिहान ७ बजे दिल्लीमा निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन। फर्नान्डिजले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा रक्षामन्त्रीको पद सम्हालेका थिए। फर्नान्डिज भारतको समता पार्टीको संस्थापक नेता हुन्। ३ जुन ११३०मा भारतको मैंगलोरमा जन्मिएका उनी नौं पटकसम्म लोकसभाका सांसद बनेका थिए।










